कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि.
प्रथम बार्षिक साधारण सभा
आज मिति २०६७ पौष २४ गतेका दिन श्री कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. का.म.पा ३५, कोटेश्वर काठमाडौँका संचालक समितिका अध्यक्ष श्री डि.बी.थापाको अध्यक्षतामा बसेको संस्थाको प्रथम वार्षिक साधारण सभाले निम्न प्रस्तावहरुमा छलफल गरी तपशिल अनुसारको निर्णय गरियो ।
प्रस्तावहरु
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत तथा पारित गर्ने ।
२) लेखा समितिद्वारा वार्षिक प्रतिवेदन एवं आ.ब. ०६६/०६७ को आर्थिक कारोबार सहितको लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत तथा पारित गर्ने ।
३) आ.ब. ०६७/०६८ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।
४) प्रथम वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न दुईजना शेयरधनी सदस्यहरुको नियुक्ति गर्ने ।
५) विविध ।
निर्णयहरु
निर्णय नं. १
संस्थाको कुल ५८ सदस्यमध्ये ४१ जना सदस्यको उपस्थिति भएकोले अध्यक्षज्यूले आजको सभाको गणपुरक संख्या पुगेको घोषणा गर्दै संचालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गरियो । समितिको तर्फबाट प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमका विषयमा व्यापक छलफल तथा आवस्यक सुझाव दिँदै संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमलाई सभाले स्वीकृति गर्ने निर्णय सर्व सहमीबाट गरियो ।
निर्णय नं. २
लेखा समितिद्वारा तयार गरिएको वार्षिक प्रतिवेदन एवं आ.ब. ०६६/०६७ को आर्थिक कारोबार सहितको लेखा परिक्षकको प्रतिवेदन लेखा समितिका संयोजक श्री हिमलाल अधिकारीज्यूले सभा सामु प्रस्तुत गर्नु भयो । संस्थाको आर्थिक कारोबार सन्तोषजनक रहेको कुराको मनन् गर्दै सभाले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन एवं आ.ब. ०६६/०६७ को लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने निर्णय सर्वसहमीले भयो ।
निर्णय नं. ३
आ.ब. ०६७/०६८ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा सभामा पेश हुँदा संस्थाको संचालक समितिलाई अख्तियार प्रदान गर्ने निर्णय भयो ।
निर्णय नं. ४
संस्थाको प्रथम वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न शेयरधनी सदस्यहरुको तर्फबाट प्रतिनिधी चुन्न सभामा पेश हुँदा संस्थाका अध्यक्षज्यू र शेयरधनी सदस्य श्री राजेन्द्र कुमार पोख्रेललाई चुन्ने निर्णय भयो ।
आजको छलफलको विषय वस्तु समाप्त भएकोले कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु, शेयरधनी सदस्य महानुभावहरु एवं उपस्थित सबैलाई धन्यवाद दिँदै सभाका अध्यक्षज्यूले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि.को प्रथम वार्षिक साधारण सभा समापन भएको घोषणा गर्नुभयो ।