कर्मताराको चाहाना आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक  समृद्धिको कामना

5th AGM 070/071

 

 कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि.

पाँचौ वार्षिक साधारण सभा

आज मिति २०७१ साल असोज ३१ गते शुक्रबारको दिन ३ः०० बजे श्री कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौँ–३५, कोटेश्वरका संचालक समितिका अध्यक्ष श्री डि.वी.थापा ज्यूको अध्यक्षतामा बसेको संस्थाको पाँचौ वार्षिक साधारण सभाले निम्न उपस्थितिमा तपशिलका प्रस्तावहरुमा छलफल गरी तपशिल अनुसारको निर्णय गरियो ।







 

 
 
सभामा छलफलका लागि पेश भएका विषयहरुः
१. संचालक समितिको वार्षिक प्रगति प्रतिवेदन तथा भावि कार्यक्रम प्रस्तुत तथा पारित सम्बन्धमा ।
२. लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा
३. आर्थिक वर्ष ०७०/०७१ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा पारित सम्बन्धमा ।
४. आर्थिक वर्ष ०७१/०७२ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धमा ।
५. आर्थिक वर्ष ०७१/०७२को अनुमानित वार्षिक कार्यक्रम र वजेट प्रस्तुत तथा पारित सम्बन्धमा ।
६. पाँचौ वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने २ जना शेयरधनी सदस्यहरुको प्रतिनिधी चयन गर्ने सम्बन्धमा ।
७. विविध ।
 

निर्णयहरु 

निर्णय नं. १

माथि प्रस्ताव नं. १ उपर छलफल हुँदा संस्थाका कुल शेयरधनी संख्या ८०० मध्ये ३०० जनाको उपस्थिति रहेको हुँदा आजको सभाको गणपुरक संख्या पुगेकाले सभाको कार्वाही अगाडि बढाउन अध्यक्षज्यूले आदेश दिनु भयो । वार्षिक साधारण सभामा ०७०/०७१ मा १७.४२ प्रतिशतले संस्थाको पुजी वृद्धि हुन गई रु ७,०४,०४,६४६/४५ पुगेको रु १०४०००/– मात्र शेयर पुजी वृद्धि भएर रु ७५,२५,४०० पुगेको रु १,१९,१७,९२४/– मात्र बचत वृद्धि भएर रु ५,५५,५२,२०७ पुगेको यस आर्थिक वर्षमा रु. १,११,२४,३९०/– लगानी वृद्धि भएर रु ६,६२,२९,७६५/– पुगेको यस आर्थिक वर्षमा रु २८,७८,२९२/– संचालन खर्च भएको यस आर्थिक वर्षमा बाँडफाँडका लागि रु २,१३,३६२/१७ आम्दानी छुट्याइएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षको संस्थाले लिएको लक्ष्य पेश गर्नुभयो । अध्यक्षज्यूले बैठकमा पेश गर्नु भएको संचालक समितिका आ.ब. ०७०/०७१ को वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमको बारेमा सभाले व्यापक छलफल गरी सबै सहमतीबाट पारित भयो ।

निर्णय नं. २

प्रस्ताव नं. २ को विषयमा छलफल हुँदा यस संस्थाको लेखा समिति सदस्य श्री प्रदिप कुमार कर्माचार्य ज्यूले संस्थाको आ.ब ०७०/०७१ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको प्रतिवेदन माथि छलफल गरी सबै सहमतीबाट पारित गरियो ।

निर्णय नं. ३

प्रस्ताव नं. ३ को विषयमा छलफल हुँदा लेखा परीक्षक श्री पुरुषोत्तम पराजुली ज्यू ले तयार पार्नुभएको संस्थाको आ.ब ०७०/०७१ को लेखा परीक्षण प्रतिवेदन यस संस्थाको कोषाध्यक्ष श्रीमती सुनिता श्रेष्ठ ज्यूले सभामा प्रस्तुत गर्नु भएको उक्त प्रतिवेदन माथि छलफल गरी सबै सहमतीबाट पारित गरियो ।

निर्णय नं. ४

प्रस्ताव नं. ४ को विषयमा छलफल गर्दा आ.ब. ०७१/०७२ का लागि अनुमानित आय रु १,२६,००,००० /– (एक करोड छब्बीस लाख)र अनुमानित खर्च रु. २८,७४,४२८/– (अठ्ठाईस लाख चौहत्तर हजार चार सय अठ्ठाईस मात्र ) संस्थाको बजेट सबै सहमतीले पारित गर्ने निर्णय भयो ।

निर्णय नं. ५

प्रस्ताव नं. ५ को विषयमा छलफल गर्दा आगामी आ.ब. ०७१/०७२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने कामको जिम्मेवारी संस्थाको संचालक समितिलाई दिने निर्णय सबै सहमतीले पारित भयो ।

निर्णय नं. ६

प्रस्ताव नं. ६ को विषयमा छलफल गर्दा संस्थाको पाँचौ वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न समितिका तर्फबाट अध्यक्ष ज्यू र शेयरधनीहरुको तर्फबाट संस्थाको सदस्य श्रीमती सविता पन्त र संस्थाका पूर्व उपाध्यक्ष हाङ्ग नारायण लिम्बुलाई तोक्ने निर्णय सबै सहमतीबाट पारित भयो ।

निर्णय नं. ७

विविध

क) संस्थाको जग्गा विक्री गर्ने बारे

विविध ७ क) विषय सभामा छलफल हुँदा यस संस्थालाई लगानी एवं तरलता व्यवस्थापनका लागि केही रकम आवश्यकता परेको सभामा छलफल हुँदा तपसिलमा उल्लेखित जग्गाहरु विक्री गर्ने निर्णय सबै सहमतीले पारित गरियो ।
तपसिल
 
सि.नं. जग्गाधनीको नाम ठेगाना कि.नं. क्षेत्रफल
कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. चापागाउँ ९, ल.पु. ९ ख ३४९ ०–४–०–०
कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. ज्याम्दी–६, काभ्रे २८१ ४–५–१–२
कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. ज्याम्दी–६, काभ्रे १३५२ ०–११–२–२
कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. ज्याम्दी–६, काभ्रे १३६० ७–८–०

ख) लेखा समितिको संयोजक र सदस्य हेरफेर गर्ने बारे

विविध ७(ख) विषय सभामा प्रस्तुत हुँदा यस संस्थाका लेखा समितिको संयोजक लाल बहादुर ठाडा विना सूचना लामो समय सम्म बैठकमा उपस्थित हुनु नभएको सभामा छलफल हुँदा बाँकी अवधिको लागि लेखा समितिको संयोजकमा श्री प्रदिप कुमार कर्माचार्य सदस्यहरुमा क्रमशः श्रीमती ललिता शाक्य र श्रीमती पदमा कोइराला (काफ्ले) रहने गरी लेखा समितिको संयोजक र सदस्य हेरफेर गर्ने निर्णय सबै सहमतीले पारित गरियो ।

ग) नीतिहरु सम्बन्धमा

विविध ७ ग) विषयमा सभामा प्रस्तुत हुँदा निम्नानुसारको नीतिहरु प्रमाणित गरी लागु गर्ने कामको जिम्मेवारी संस्थाको संचालक समितिलाई दिने निर्णय सबै सहमतीले पारित भयो ।

१) बचत तथा कर्जा लगानी नीति–२०७१
२) कर्जा असुली नीति–२०७१
३) कर्मचारी प्रशासन नीति–२०७१
४) आर्थिक प्रशासन नीति–२०७१
५) सदस्य सुरक्षाकोष परिचालन नीति–२०७१
६) सदस्य नीति–२०७१
साथै तेस्रो साधारण सभाबाट पारित नियम, विनियम खारेज भएको निर्णय पारित गरियो ।

घ) संचालक समितिको निर्णयहरु सम्बन्धमा ।

विविध ७ घ) विषय सभामा प्रस्तुत गरी छलफल हुँदा यस संस्थाको संचालक समितिको विभिन्न मिति र समयमा बसेको संचालक समितिको निर्णयहरु सभामा प्रस्तुत गरी छलफल हुँदा उक्त निर्णयहरु सबै सहमतीबाट पारित गर्ने निर्णय भयो ।

ङ) रु २० लाख कर्जा थप गर्ने बारे ।

विविध ७ ङ) विषय सभामा प्रस्तुत गरी छलफल हुँदा यस संस्थामा तरलताको अभाव भएको कारण विभिन्न वचतकर्ता महानुभावको बचत फिर्ता गर्न एवं तरलता व्यवस्थापनका लागि केही रकमको आवश्यकता परेको सभामा प्रस्तुत हुँदा रु. २०,००,०००/– (विस लाख मात्र) नेफ्स्कुनबाट कर्जा लिने कामको जिम्मेवारी संस्थाको संचालक समितिलाई दिने निर्णय सबै सहमतीले पारित भयो ।

 

Contact


Karmatara Organization
Koteshwor-32, Kathmandu
Ph: 01-4612268
Email: karmatarasaccos@hotmail.com

Testimonials

Find Us on Facebook