कर्मताराको चाहाना आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक  समृद्धिको कामना

Member Policy 2071

कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको

सदस्यता नीति–२०७१

प्रस्तावना :

 

कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्यता नीति बनाउन आवश्यक भएकाले संस्थाको संचालक समितिबाट यो सदस्यता नीति–२०७१ तयार गरी संस्थाको मिति २०७१ असोज ३१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित गरी लागू गरिएको छ । 

 

परिच्छेद–१

प्रारम्भिक

 

१. संक्षिप्त नाम र प्रारम्भः

क)  यस नीतिको नाम “कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड” को सदस्यता नीति –२०७१ रहेको छ ।

ख)  यो नीति संस्थाको साधारण सभाले अनुमोदन गरेको मितिदेखि लागु हुनेछ ।

२. परिभाषा :

(क) “सदस्यता नीति” भन्नाले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्यता नीति, २०७१ लाई सम्झनु पर्दछ ।

(ख) “संस्था” भन्नाले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्झनु  पर्दछ । 

(ग) “समिति” भन्नाले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समिति सम्झनु पर्दछ । 

(घ) “अध्यक्ष” भन्नाले संचालक समितिको अध्यक्ष तथा कार्यकारिणी अध्यक्ष समेतलाई जनाउँछ ।

(ङ) “कार्यकारी अध्यक्ष÷ महा–प्रबन्धक ÷व्यवस्थापक” भन्नाले संस्थाको व्यवस्था चलाउन संस्था प्रमुखको रूपमा काम गर्ने गरी नियुक्ति गरेको व्यक्तिलाई सम्झनु पर्दछ ।

(च) “बाल सदस्य“ भन्नाले १६ वर्षभन्दा कम उमेरका संस्थाका बाल सदस्यहरुलाई सम्झनु पर्छ ।

(छ) “कृषि उत्पादक सदस्य“ भन्नाले कृषि उत्पादन सम्बन्धी पेशामा लागेका संस्थाका सदस्यहरुलाई सम्झनु पर्छ ।

(ज) “पशुपन्छी व्यवसायी सदस्य“ भन्नाले पशुपन्छी पालन व्यवसायमा लागेका संस्थाका सदस्यहरुलाई सम्झनु पर्छ ।

(झ) “लघु उद्यमी व्यवसायी सदस्य“ भन्नाले लघु उद्यम व्यवसायमा लागेका संस्थाका सदस्यहरुलाई सम्झनु पर्छ ।

(ञ) “उपभोक्ता सदस्य“ भन्नाले संस्थाको उपभोक्ता सदस्य योजनामा आवद्ध सदस्यहरुलाई सम्झनु पर्छ ।

(ट) “आवास उपभोक्ता सदस्य“ भन्नाले संस्थाको आवास योजनामा आवद्ध सदस्यहरुलाई सम्झनु पर्छ ।

(ठ) “व्यापार व्यवसायी सदस्य“ भन्नाले व्यापार व्यवसायमा लागेका संस्थाका सदस्यहरुलाई सम्झनु पर्छ ।

(ड) “समूह“ भन्नाले संस्थाका सदस्यहरुले गठन गरेको संस्थाका सदस्यहरुको समूहलाई सम्झनु पर्छ ।

(ढ) “व्यवस्थापन समिति“ भन्नाले समूहमा आवद्ध संस्थाका सदस्यहरुले गठन गरेको व्यवस्थापन समितिलाई सम्झनु पर्छ ।

पच्छिेद–२

कृषि उत्पादक सदस्यता नीति

 

(३) उदेश्य

संस्थाका सदस्यहरुमध्ये कृषि व्यवसायमा लागेका सदस्यहरुलाई संस्थाका सदस्यहरुकै अगुवाइमा उनीहरुले उत्पादन गरेका अन्न, फलफूल, तरकारी, दाल, मसला आदि दैनिक उपभोग्य सामाग्रीहरुको बजार प्रबद्र्धन गर्ने कार्यलाई सहज बनाउँनु हो । 

(४) सहभागिताको आधार

संस्थाको चुक्ता शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत शेयर भएका र दैनिक कम्तिमा एक रुपयाँ विगत एकवर्षदेखि नियमित बचत गर्ने कम्तिमा २५ घरधुरी कृषक सदस्यहरुले कृषि उत्पादक समूह गठन गरी यस कार्यक्रममा सहभागी हुन पाउने छन् । तर एकल महिला, अपाङ्ग, द्धन्दपीडित, वेरोजगार युवा, लोपोन्मुख जाति र गरीवीको रेखामुनी रहेका संस्थाका सदस्यहरुलाई विशेष प्राथमिकता दिइने छ । 

(५) कृषि उत्पादक समूहहरुले संस्थाबाट प्राप्त गर्ने सुविधाहरुः–

(क) तालिमः–  अन्न, फलफूल, तरकारी, दाल तथा मसला आदिको खेती गर्ने तरिकाको विषयमा सम्बन्धित विज्ञहरु मार्फत तालिम तथा कृषि व्यवस्थापन समितिका पदाधिकारीहरुलाई कृषि बजार प्रवद्र्धन सम्बन्धी तालिम संस्थाले उपलब्ध गराउँनेछ । 

(ख) बाली विमाः– कृषि उत्पादक समूहमा आवद्ध संस्थाका प्रत्येक सदस्यहरुको रु. १,००,०००÷– बराबरको बाली बिमा संस्थाले गरिदिनेछ । 

(ग) खेती ऋणः–मल, बिऊ तथा अनुदानमा प्राप्त हुने कृषि उपकरण आदि खरिद गर्न नपुग रकम जुटाउँन संस्थाले कृषि उत्पादक समूहमा आवद्ध संस्थाका प्रत्येक सदस्यहरुलाई जनही बढीमा रु. २०,०००/– सहुलियतदरको खेती ऋण उपलब्ध गराउँनेछ । 

(घ) ढुवानी उपकरण ऋणः– मल, बिऊ तथा कृषि उत्पादक समूहले उत्पादन गरेका कृषि सामाग्रीहरु ओसार पसार गर्ने सवारी साधन खरिद गर्न संस्थाले प्रत्येक सदस्यहरुलाई जनही बढीमा रु.४०,०००/– सहुलियत दरको ढुवानी उपकरण खरिद ऋण उपलब्ध गराउँनेछ । 

(ङ) बजार व्यवस्थाः–कृषि उत्पादक समूहमा आवद्ध सदस्यहरुले उत्पादन गरेका कृषि सामाग्रीहरु समूहकै अगुवाइमा नजिकको कृषि उपभोक्ता समूहसम्म पु–याँउने कामको जिम्मा कृषि व्यवस्थापन समितिको हुनेछ ।

(च) सदस्यको विमाः–कृषि उत्पादक समूहमा आवद्ध प्रत्येक सदस्यहरुको रु.२५,०००/–बराबरको दुर्घटना विमा र रु.२५,०००/–बराबरको औषधीउपचार विमा संस्थाले गरिदिनेछ । साथै सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ अनुसार प्राप्त हुने सम्पूर्ण सुविधाहरु संस्थाको नियमानुसार प्रत्येक सदस्यहरुलाई प्राप्त हुनेछन् । 

(छ) रोजगारीको ग्यारेण्टी –कृषि उत्पादक समूहमा आवद्ध संस्थाका कम्तिमा तिनजना सदस्यलाई व्यवस्थापन समितिले रोजगारी दिनसक्नेछ । 

(६) कोष कट्टीको व्यवस्थाः–

समूहले उत्पादन गरेका कृषि सामाग्रीहरु विक्रीबाट प्राप्त हुने रकममध्ये १ प्रतिशत रकम कट्टी गरी संस्थाले उक्त १ प्रतिशत रकमको २५ प्रतिशत रकम सम्बन्धित सदस्यको शेयर खरिदमा, २५ प्रतिशत रकम संस्थाको घरजग्गा कोषमा, २५ प्रतिशत रकम सदस्य सुरक्षा कोषमा र २५ प्रतिशत रकम ऋण डुबन्ते कोषमा सम्बन्धित सदस्यहरुको नामबाट संस्थामा जम्मा गर्नु पर्नेछ ।

(७) कृषि व्यवस्थापन समितिको गठनः–

समूहमा आवद्ध कम्तिमा २५ घरधुरी सदस्यहरुले छानेका कम्तिमा ७ सदस्यीय कृषि व्यवस्थापन समितिको गठन गरिनेछ । समितिमा व्यवस्थापन समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र तीनजना सदस्यहरु रहने छन् । सरकारको सम्बन्धित निकाय र समूहको विचमा समन्वय गर्नु, समूहको हिसाब किताब दुरुस्त राख्नु, संस्था र समूहको बिचमा समन्वय गर्नु, गैह्रसरकारी निकायहरुसँग समन्वय गर्नु, बस्तु उत्पादनको लगत तथा लागत तयार गर्नु, मूल्य निर्धारण गर्नु एवं कृषि उत्पादन, प्रशोधन तथा बजार व्यवस्थापन कार्यको नीति निर्माण र कार्यान्वयन गर्नु गराउँनु कृषि व्यवस्थापन समितिको मुख्य काम हुनेछन् । 

 

पच्छिेद–३

पशुपन्छी व्यवसायी सदस्यता नीति

 

(८) उदेश्य

कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुमध्ये पशुपन्छी पालन व्यवसायमा लागेका सदस्यहरुलाई संस्थाका सदस्यहरुकै अगुवाइमा उनीहरुले तयार गरेको माछा, मासु, अण्डा, दूध तथा दूधका परिकारहरुको बजार प्रबद्र्धन गर्नु हो । 

(९) सहभागिताको आधारः–

संस्थाको चुक्ता शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत शेयर भएका र दैनिक कम्तिमा एक रुपयाँ विगत एकवर्षदेखि नियमित बचत गर्ने कम्तिमा २५ घरधुरी पशुपन्छी पालन व्यवसायमा लागेका सदस्यहरुले पशुपन्छी पालन व्यवसायी समूह गठन गरी यस कार्यक्रममा सहभागी हुन पाउने छन् । तर एकल महिला, अपाङ्ग, द्धन्दपीडित, वेरोजगार युवा, लोपोन्मुख जाति र गरीवीको रेखामुनी रहेका संस्थाका सदस्यहरुलाई विशेष प्राथमिकता दिइने छ । 

 

 

(१०) पशुपन्छी व्यवसायी समूहहरुले संस्थाबाट प्राप्त गर्ने सुविधाहरुः–

(क) तालिमः– संस्थाका पशुपन्छी पालन व्यवसायी समूहहरुलाई पशुपन्छी पालन विषयमा सम्बन्धित विज्ञहरु मार्फत आवस्यक तालिम तथा पशुपन्छी व्यवस्थापन समितिका पदाधिकारीहरुलाई पशुपन्छी बजार प्रवद्र्धन सम्बन्धी तालिम संस्थाले उपलब्ध गराउँनेछ । 

(ख) पशुधन विमाः–पशुपन्छी व्यवसायी समूहमा आवद्ध संस्थाका प्रत्येक सदस्यहरुको रु. १,००,०००/– बराबरको पशुधन बिमा संस्थाले गरिदिन्छ । 

(ग) पशुपन्छी पालन ऋणः–दाना, औषधी तथा अनुदानमा प्राप्त हुने आधुनिक उपकरण आदि खरिद गर्न नपुग रकम जुटाउँन संस्थाले पशुपन्छी व्यवसायी समूहमा आवद्ध संस्थाका प्रत्येक सदस्यहरुलाई बढीमा रु. २०,०००/– सहुलियत दरको पशुपन्छी पालन ऋण उपलब्ध गराउँनेछ । 

(घ) ढुवानी उपकरण ऋणः– पशुपन्छी व्यवसायी समूहले उत्पादन गरेका सामाग्रीहरु ओसार पसार गर्ने सवारी साधन खरिद गर्न संस्थाले प्रत्येक सदस्यलाई जनही बढीमा रु.४०,०००/– सहुलियत दरको ढुवानी उपकरण खरिद ऋण उपलब्ध गराउँछ । 

(ङ) बजार व्यवस्थाः–पशुपन्छी व्यवसायी समूहमा आवद्ध सदस्यहरुले उत्पादन गरेका पशुपन्छी सामाग्रीहरु समूहकै अगुवाइमा नजिकको कृषि उपभोक्ता समूहसम्म पु–याँउने कामको जिम्मा सम्बन्धित व्यवस्थापन समितिको हुनेछ ।

(च) सदस्यको विमाः–पशुपन्छी व्यवसायी समूहमा आवद्ध प्रत्येक सदस्यहरुको रु. २५,०००/–बराबरको दुर्घटना विमा र रु.२५,०००/–बराबरको औषधीउपचार विमा संस्थाले गरिदिन्छ । साथै सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ अनुसार प्राप्त हुने सम्पूर्ण सुविधाहरु संस्थाको नियमानुसार प्रत्येक सदस्यहरुलाई प्राप्त हुनेछन् ।  

(छ) रोजगारीको ग्यारेण्टी -पशुपन्छी व्यवसायी समूहमा आवद्ध संस्थाका कम्तिमा तिनजना पशुपन्छी व्यवसायी सदस्यहरुलाई व्यवस्थापन समितिले रोजगारी दिनसक्नेछ । 

(११) कोष कट्टीको व्यवस्थाः–

समूहले उत्पादन गरेका सामाग्रीहरु विक्रीबाट प्राप्त हुने रकममध्ये १ प्रतिशत रकम कट्टी गरी संस्थाले उक्त १ प्रतिशत रकमको २५ प्रतिशत रकम सम्बन्धित सदस्यको शेयर खरिदमा, २५ प्रतिशत रकम संस्थाको घरजग्गा कोषमा, २५ प्रतिशत रकम सदस्य सुरक्षा कोषमा र २५ प्रतिशत रकम ऋण डुबन्ते कोषमा सम्बन्धित सदस्यहरुको नामबाट संस्थामा जम्मा गर्नु पर्नेछ ।

(१२) पशुपन्छी व्यवस्थापन समितिको गठनः–

पशुपन्छी व्यवसायी समूहमा आवद्ध २५ घरधुरी सदस्यहरुले छानेका कम्तिमा ७ सदस्यीय पशुपन्छी व्यवस्थापन समितिको गठन गरिनेछ । समितिमा व्यवस्थापन समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र तीनजना सदस्यहरु रहने छन् । सरकारी निकाय र समूहको विचमा समन्वय गर्नु, समूहको हिसाब किताब दुरुस्त राख्नु, संस्था र समूहको बिचमा समन्वय गर्नु, गैह्रसरकारी निकायहरुसँग समन्वय गर्नु, उत्पादनको लगत तथा लागत तयार गर्नु एवं उत्पादन, प्रशोधन तथा बजार व्यवस्थापन कार्यको नीति निर्माण र कार्यान्वयन गर्नु गराउँनु पशुपन्छी व्यवस्थापन समितिको मुख्य काम हुनेछन् । 

 

पच्छिेद–४

लघुउद्यमी व्यवसायी सदस्यता नीति

 

(१३) उदेश्य

कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुमध्ये लघु उद्योग व्यवसायमा लागेका सदस्यहरुलाई संस्थाका सदस्यहरुकै अगुवाइमा उनीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजार प्रबद्र्धन गर्नु हो । 

(१४) सहभागिताको आधार

संस्थाको चुक्ता शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत शेयर भएका र दैनिक कम्तिमा एक रुपयाँ विगत एकवर्षदेखि नियमित बचत गर्ने कम्तिमा २५ घरधुरी लघु उद्योग व्यवसायमा लागेका सदस्यहरुले लघु उद्योग व्यवसायी समूह गठन गरी यस कार्यक्रममा सहभागी हुन पाउने छन् । तर एकल महिला, अपाङ्ग, द्धन्दपीडित, वेरोजगार युवा, लोपोन्मुख जाति र गरीवीको रेखामुनी रहेका संस्थाका सदस्यहरुलाई विशेष प्राथमिकता दिइने छ । 

(१५) लघु उद्योग व्यवसायी समूहहरुले संस्थाबाट प्राप्त गर्ने सुविधाहरुः–

(क) तालिमः– संस्थाका लघु उद्योग व्यवसायी समूहहरुलाई साना उद्योग संचालन गर्ने तरिकाको विषयमा सम्बन्धित विज्ञहरु मार्फत आवस्यक तालिम तथा लघु उद्योग व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बजार प्रवद्र्धन सम्बन्धी तालिम संस्थाले उपलब्ध गराउँनेछ । 

(ख) लघु उद्योग विमाः– लघु उद्योग व्यवसायी समूहमा आवद्ध संस्थाका प्रत्येक सदस्यहरुको रु. १,००,०००/– बराबरको लघु उद्योग बिमा संस्थाले गरिदिनेछ । 

(ग) लघु उद्योग संचालन ऋणः–उपकरण एवं कच्चा पदार्थ आदि खरिद गर्न नपुग रकम जुटाउँन संस्थाले लघु उद्योग व्यवसायी समूहमा आवद्ध संस्थाका प्रत्येक सदस्यहरुलाई बढीमा रु. २०,०००/– सहुलियतदरको लघु उद्योग संचालन ऋण उपलब्ध गराउँनेछ । 

(घ) ढुवानी उपकरण ऋणः– लघु उद्योग व्यवसायी समूहले उत्पादन गरेका सामाग्रीहरु ओसार पसार गर्ने सवारी साधन खरिद गर्न संस्थाले प्रत्येक सदस्यलाई जनही बढीमा रु.४०,०००/– सहुलियत दरको ढुवानी उपकरण खरिद ऋण उपलब्ध गराउँछ । 

(ङ) बजार व्यवस्थाः–लघु उद्योग व्यवसायी समूहमा आवद्ध सदस्यहरुले उत्पादन गरेका सामाग्रीहरु समूहकै अगुवाइमा संस्थाको कृषि उपभोक्ता समूहसम्म पु–याँउने कामको जिम्मा लघु उद्योग व्यवस्थापन समितिको हुनेछ ।

(च) सदस्यको विमाः–लघु उद्योग व्यवसायी समूहमा आवद्ध प्रत्येक सदस्यहरुको रु. २५,०००÷–बराबरको दुर्घटना विमा र रु.२५,०००÷–बराबरको औषधी उपचार विमा संस्थाले गरिदिन्छ । साथै सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ अनुसार प्राप्त हुने सम्पूर्ण सुविधाहरु संस्थाको नियमानुसार प्रत्येक सदस्यहरुलाई प्राप्त हुनेछन् ।  

(छ) रोजगारीको ग्यारेण्टी – लघु उद्योग व्यवसायी समूहमा आवद्ध कम्तिमा तिन जना लघु उद्यमी सदस्यहरुलाई व्यवस्थापन समितिले रोजगारी दिन सक्नेछ । 

(१६) कोष कट्टीको व्यवस्थाः–

समूहले उत्पादन गरेका सामाग्रीहरु विक्रीबाट प्राप्त हुने रकममध्ये १ प्रतिशत रकम कट्टी गरी संस्थाले उक्त १ प्रतिशत रकमको २५ प्रतिशत रकम सम्बन्धित सदस्यको शेयर खरिदमा, २५ प्रतिशत रकम संस्थाको घरजग्गा कोषमा, २५ प्रतिशत रकम सदस्य सुरक्षा कोषमा र २५ प्रतिशत रकम ऋण डुबन्ते कोषमा सम्बन्धित सदस्यहरुको नामबाट संस्थामा जम्मा गर्नु पर्नेछ । 

(१७) लघु उद्योग व्यवस्थापन समितिको गठनः–

लघु उद्योग व्यवसायी समूहमा आवद्ध २५ घरधुरी सदस्यहरुले छानेका कम्तिमा ७ सदस्यीय लघु उद्योग व्यवस्थापन समितिको गठन गरिनेछ । समितिमा व्यवस्थापन समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र तीनजना सदस्यहरु रहने छन् । सरकार र समूहको विचमा समन्वय गर्नु, समूहको हिसाब किताब दुरुस्त राख्नु, संस्था र समूहको बिचमा समन्वय गर्नु, गैह्रसरकारी निकायहरुसँग समन्वय गर्नु, उत्पादनको लगत तथा लागत तयार गर्नु एवं उत्पादन, प्रशोधन तथा बजार व्यवस्थापन कार्यको नीति निर्माण र कार्यान्वयन गर्नु गराउँनु लघु उद्योग व्यवस्थापन समितिको मुख्य काम हुनेछन् । 

 

 

पच्छिेद–५

व्यापार व्यवसायी सदस्यता नीति

 

(१८) उद्धेश्य

कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुमध्ये अन्य देशबाट उपभोग्य सामाग्रीहरु आयात गर्ने पेशामा लागेका सदस्यहरुलाई संस्थाका सदस्यहरुकै अगुवाइमा उनीहरुले आयात गरेका सामाग्रीहरु संस्थाका विभिन्न समूहसम्म पु–याउँने काम गर्नु हो । 

(१९) सहभागिताका आधारहरु

संस्थाको चुक्ता शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत शेयर भएका र दैनिक कम्तिमा एक रुपयाँ विगत एकवर्षदेखि नियमित बचत गर्ने कम्तिमा २५ घरधुरी व्यापार व्यवसायी सदस्यहरुको समूह गठन गरी यस कार्यक्रममा सहभागी हुन पाउने छन् । 

(२०) व्यवसायी समूहहरुले संस्थाबाट प्राप्त गर्ने सुविधाहरुः–

(क) तालिमः– व्यापार व्यवसायी समूहहरुलाई अन्य देशहरुबाट सामान आयात गर्ने तरिकाको विषयमा सम्बन्धित विज्ञहरु मार्फत आवस्यक तालिम तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई बजार प्रवद्र्धन सम्बन्धी तालिम संस्थाले उपलब्ध गराउँनेछ । 

(ख) व्यवसाय ऋणः–संस्थाले व्यवसायी समूहमा आवद्ध संस्थाका प्रत्येक सदस्यहरुलाई बढीमा रु.१,००,०००/– सहुलियतदरको व्यापार व्यवसाय ऋण उपलब्ध गराउँनेछ ।

(ग) ढुवानी उपकरण ऋणः–सामाग्रीहरु ओसार पसार गर्ने सवारी साधन खरिद गर्न संस्थाले प्रत्येक सदस्यहरुलाई जनही बढीमा रु.४०,०००/– सहुलियत दरको ढुवानी उपकरण खरिद ऋण उपलब्ध गराउँनेछ ।

(घ) बजार व्यवस्थाः–व्यवसायी समूहमा आवद्ध सदस्यहरुले आयात गरेका सामाग्रीहरु समूहकै अगुवाइमा संस्थाको विभिन्न समूहहरुसम्म पु–याँउने कामको जिम्मा व्यापार व्यवसाय व्यवस्थापन समितिको हुनेछ ।

(ङ) अन्य सुविधाः–सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ अनुसार प्राप्त हुने सम्पूर्ण सुविधाहरु संस्थाको नियमानुसार प्रत्येक सदस्यहरुलाई प्राप्त हुनेछन् ।  

(२१) कोष कट्टीको व्यवस्थाः–

समूहले आयात गरेका सामाग्रीहरु विक्रीबाट प्राप्त हुने रकममध्ये १ प्रतिशत रकम कट्टी गरी संस्थाले उक्त १ प्रतिशत रकमको २५ प्रतिशत रकम सम्बन्धित सदस्यको शेयर खरिदमा, २५ प्रतिशत रकम संस्थाको घरजग्गा कोषमा, २५ प्रतिशत रकम सदस्य सुरक्षा कोषमा र २५ प्रतिशत रकम ऋण डुबन्ते कोषमा सम्बन्धित सदस्यहरुको नामबाट संस्थामा जम्मा गराउनु पर्नेछ ।

 

(२२) व्यापार व्यवसाय व्यवस्थापन समितिको गठनः–

व्यवसायी समूहमा आवद्ध २५ घरधुरी सदस्यहरुले छानेका कम्तिमा ७ सदस्यीय व्यवस्थापन समितिको गठन गरिनेछ । समितिमा व्यवस्थापन समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र तीनजना सदस्यहरु रहने छन् । सरकार र समूहको विचमा समन्वय गर्नु, समूहको हिसाब किताब दुरुस्त राख्नु, संस्था र समूहको बिचमा समन्वय गर्नु, गैह्र सरकारी निकायहरुसँग समन्वय गर्नु, सामानको लगत तथा लागत तयार गर्नु एवं बजार व्यवस्थापन नीति निर्माण र कार्यान्वयन गर्नु गराउँनु व्यापार व्यवसाय व्यवस्थापन समितिको मुख्य काम हुनेछन् । 

 

पच्छिेद–६

उपभोक्ता सदस्यता नीति

 

(२३) उदेश्य

कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुमध्ये नगर वा शहरी क्षेत्रमा स्थायी वा अस्थाई बसोबास गर्ने सदस्यहरुले संस्थाका सदस्यहरुकै अगुवाइमा उनीहरुलाई आवस्यक पर्ने अन्न, फलफूल, तरकारी, दाल, मसला, माछा, मासु, दूघ तथा दूघका परिकारहरु लगायतका दैनिक उपभोग्य सामाग्रीहरु संस्थाका उत्पादक तथा व्यवसायी समूहहरुसँग सोझो सम्पर्क गरी खरिद गर्न सक्ने बनाउँनु हो । 

(२४) सहभागिताको आधारः–

संस्थाको चुक्ता शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत शेयर भएका र दैनिक कम्तिमा एक रुपयाँ विगत एकवर्षदेखि नियमित बचत गर्ने कम्तिमा ७५ घरधुरी उपभोक्ता सदस्यहरुको समूह गठन गरी यस कार्यक्रममा सहभागी हुन पाउने छन् । 

(२५) उपभोक्ता समूहहरुले संस्थाबाट प्राप्त गर्ने सुविधाहरुः–

(क) दैनिक उपभोग्य सामाग्री उपलब्धः–नजिकको कृषि, पशुपन्छी, लघु उद्यमी तथा व्यवसायी समूहहरुले तयार गरेका सामाग्रीहरु परल मूल्यमा आफ्नै टोलमा पाउन सक्नेछन् ।  

(ख) रोजगारीको ग्यारेण्टी –उपभोक्ता समूहमा आवद्ध संस्थाका कम्तिमा दुइजना उपभोक्ता सदस्यहरुलाई समितिले रोजगारीको व्यवस्था गर्न सक्नेछ ।

(ग) तालिमः–कर्मचारी तथा उपभोक्ता व्यवस्थापन समितिका पदाधिकारीहरुलाई उपभोक्ता नेतृत्व सम्बन्धी तालिम संस्थाले उपलब्ध गराउँनेछ । 

(घ) अन्य सुविधाः–सदस्य सुरक्षा कोष परिचालन नीति–२०७१ अनुसार प्राप्त हुने सम्पूर्ण सुविधाहरु संस्थाको नियमानुसार प्रत्येक सदस्यहरुलाई प्राप्त हुनेछन् ।  

 

 

(२६) व्यवस्थापन समितिको गठनः–

समूहमा आवद्ध ७५ घरधुरी सदस्यहरुले छानेका कम्तिमा ७ सदस्यीय व्यवस्थापन समितिको गठन गरिनेछ । समितिमा व्यवस्थापन समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र तीनजना सदस्यहरु रहने छन् । सरकार र समूहको विचमा समन्वय गर्नु, समूहको हिसाब किताब दुरुस्त राख्नु, संस्था र समूहको बिचमा समन्वय गर्नु, गैह्र सरकारी निकायहरुसँग समन्वय गर्नु, सामानको लगत तथा लागत तयार गर्नु एवं उपभोक्ता व्यवस्थापन नीति निर्माण र कार्यान्वयन गर्नु गराउँनु व्यवस्थापन समितिको मुख्य काम हुनेछन् । 

 

पच्छिेद–७

आवास उपभोक्ता सदस्यता नीति

 

(२७) उद्धेश्य

कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुमध्ये नगर क्षेत्रमा कम्तिमा पाँचवर्षदेखि डेरामा बस्ने र संस्थाको परियोजना लागू भएका ठाउँहरुमा कम्तिमा ०–२–२–० जग्गा आफ्नै नाममा भएका सदस्यहरुले सामुहिक रुपमा न्युन लागतका घरहरु निर्माण गर्न सहयोग गर्नु हो । 

(२८) सहभागिताका आधार

संस्थाको चुक्ता शेयर पूँजीको कम्तिमा ०.०५ प्रतिशत शेयर भएका र दैनिक कम्तिमा एक रुपयाँ विगत एकवर्षदेखि नियमित बचत गर्ने कम्तिमा २५ परिवारका सदस्यहरुले आवास उपभोक्ता समूह गठन गरी यस कार्यक्रममा सहभागी हुन पाउने छन् । तर एकल महिला, अपाङ्ग, द्धन्दपीडित, लोपोन्मुख जाति, मजदुर, साना खुद्रा व्यापारी, नगर क्षेत्रमा आफ्नो घर नभएका कर्मचारी तथा गरीवीको रेखामुनी रहेका संस्थाका सदस्यहरुलाई विशेष प्राथमिकता दिइने छ । 

(२९) संस्थाबाट प्राप्त गर्नसक्ने सुविधाहरुः–

(क) आवासका लागि ऋण

घर निर्माण गरिने जमिन धितो राखी न्युन लागतका घर निर्माण गर्न संस्थाले आफ्ना सदस्यहरुलाई चारलाख आवास कर्जा प्रदान गर्दछ । 

(ख) प्राविधिक सहयोग

 सामुहिक रुपमा न्युन लागतका घरहरु निर्माण गर्न आवस्यक पर्ने प्राविधिक सहयोगका लागि एकजना दक्ष प्राविधिक, न्युन लागतका घरहरुको नक्सा र नेतृत्व विकास सम्बन्धी तालिमहरु संस्थाले उपलब्ध गराउँछ । 

  (ग) पानीको व्यवस्था

प्रत्येक दश घर बराबर एउटा सार्वजनिक इनार वा ट्युवेल राख्नु पर्ने छ । उक्त इनार वा ट्युवेल खन्न लाग्ने लागतमध्ये प्रत्येक उपभोक्ता सदस्यहरुले प्रतिधुरी तीन हजार नगद वा सो बराबरको श्रम लगानी गर्नु पर्ने छ भने नपुग रकम संस्थाले अनुदान स्वरुप आवास व्यवस्थापन समितिलाई दिनेछ । 

(घ) यातायातको प्रबन्ध 

सार्वजनिक यातायातहरु संचालन नभएसम्मका लागि आवास व्यवस्थापन समितिको अगुवाइमा दुईवटा निलो सुजुकी कम्पनीको माइक्रो भ्यान संचालन गर्नु पर्नेछ । उक्त भ्यान खरिद गर्न आवस्यक पर्ने रकममध्ये दश प्रतिशत रकम सम्बन्धित व्यवसायीले लगानी गर्नु पर्नेछ भने दश प्रतिशत रकम संस्थाले अनुदान दिनेछ र असी प्रतिशत रकम संस्थाले सहुलियत दरको कर्जा उपलब्ध गराउँने छ । यातायात संचालनमा ल्याउने जिम्मा सम्बन्धित आवास उपभोक्ता सदस्यहरुको हुनेछ । 

(ङ) बाटो र विजुली 

बाटाको चौडाई कम्तिमा ३ देखि ४ मिटरको हुनु पर्नेछ । विजुली जडानका लागि काठको पोल प्रयोग गर्नु पर्नेछ । आफ्नो घर अगाडिसम्म बाटो र विजुली ल्याउन लाग्ने लागतमध्ये प्रत्येक घरका उपभोक्ता सदस्यहरुले प्रतिधुरी पाँच हजार नगद वा सो बराबरको श्रम लगानी गर्नु पर्ने छ भने नपुग रकम संस्थाले अनुदान दिने छ । 

(च) उपभोक्ता समितिको आफ्नै कार्यालय भवन

सामान्यतया प्रत्येक एकसय घरधुरी बराबर एउटा टोल उपभोक्ता समिति गठन गरी एककोठे पक्की एकतले उपभोक्ता समितिको कार्यालय भवन निर्माण गर्नु पर्नेछ । उक्त भवन निर्माण गर्न लाग्ने लागतमध्ये प्रत्येक घरका उपभोक्ता सदस्यहरुले प्रतिधुरी पाँच हजार नगद वा सो बराबरको श्रम लगानी गर्नु पर्ने छ भने नपुग रकम संस्थाले अनुदान दिने छ । 

(छ) शैक्षिक संस्थाको स्थापना

आवास उपभोक्ता सदस्यहरुले सम्बन्धित निकायबाट स्वीकृति लिई आफ्ना बालबालिकाहरुका निम्ति विद्यालय तथा कलेजहरु स्थापना गर्न सक्नेछन् । उपभोक्ता सदस्यहरुले स्थापना गरेका सहकारी तथा पब्लिक विद्यालय तथा कलेजको अन्य सदस्यहरु सरह एक हिस्सा शेयर खरिद गरी संस्थाले सहयोग गर्न सक्नेछ । 

(ज) अस्पतालको स्थापना

आवास उपभोक्ता सदस्यहरुले सम्बन्धित निकायबाट स्वीकृति लिई अस्पताल स्थापना गर्न सक्नेछन् । उपभोक्ता सदस्यहरुले स्थापना गरेका सहकारी तथा पब्लिक अस्पतालको अन्य सदस्यहरु सरह एक हिस्सा शेयर खरिद गरी संस्थाले सहयोग गर्न सक्नेछ । 

(३०) आवास व्यवस्थापन समितिको गठन

आवास उपभोक्ता सदस्यहरुले छानेका कम्तिमा ७ सदस्यीय आवास व्यवस्थापन समितिको गठन गरिनेछ । समितिमा व्यवस्थापन समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र तीनजना सदस्यहरु रहने छन् । सरकारको सम्बन्धित निकाय र आवास उपभोक्ता समूहका विचमा समन्वय गर्नु, समूहको हिसाब दुरुस्त राख्नु, संस्था र समूहको बिचमा समन्वय गर्नु, गैह्र सरकारी निकायहरुसँग समन्वय गर्नु तथा आवास व्यवस्थापनको नीति निर्माण र कार्यान्वयन गर्नु गराउँनु आवास व्यवस्थापन समितिको मुख्य काम हुनेछन् । 

(३१) टोल उपभोक्ता समितिको दर्ता 

उपभोक्ताहरु आफ्नो घरमा बसोबास गर्न थालेपछि उपभोक्ताहरुको भेलाले आवास व्यवस्थापन समिति विघटन गरी टोल उपभोक्ता समितिको गठन गर्नु पर्नेछ । त्यसपछि सम्बन्धित नगरपालिका वा गा. वि. स. को कार्यालय, जि. वि. स. र जिल्ला प्रशासन कार्यालयमा टोल उपभोक्ता समिति दर्ता गराउनु पर्ने छ । 

(३२) उपभोक्ता समितिको कार्यालय भवन हस्तान्तरण 

उपभोक्ता समितिको विधिवत दर्ता भई आएपछि एउटा कार्यक्रमको आयोजना गरी ३१ (च) अनुसारको उपभोक्ता समितिको कार्यालय भवनको सम्पूर्ण स्वामित्व, बस्ती भित्र बाँकी रहेका बाटो पिच, ढल, पिउने पानी, संचार, सरसफाईको उचित प्रबन्ध लगायतका विकास निर्माणका कार्यहरु एवं बस्तीको संरक्षण गर्ने सम्पूर्ण जिम्मेबारी उपभोक्ता समिति र सम्बन्धित उपभोक्ताहरुमा सर्नेछ । 


पच्छिेद–८

विशेष बाल सदस्यता नीति

 

३३. बाल सदस्यता सम्बन्धी व्यवस्था :

(क)  बाबु, आमा वा धर्म पितामाता वा एकाधर संगोलका दाजु, भाउजू, दिदी, हजुरबुबा, हजुरआमा, काका, काकी, ठूलो बुबाआमा वा मामा माइजू यस संस्थाका सदस्य भएमा उहाँहरुलाई संरक्षक राखी संस्थाको बाल सदस्य बन्न सकिने छ ।  

(ख)  संस्थाका बाल सदस्यहरुले दैनिक कम्तिमा एक रुपयाँ नियमित बचत गर्न सक्नेछन् । 

(ग) जन्मदेखि १६ वर्षको उमेरसम्म मात्र बाल सदस्य बन्न सकिने छ । 

(घ)  संस्थाको विनियम तथा नीतिहरु पालना गर्न मञ्जुर गर्ने सदस्यका बालबालिका मात्र बाल सदस्य बन्न सक्नेछन् । 

(ङ)   संस्थाको बाल सदस्य बन्न ३३ (क) अनुसारका अभिभावकहरुको सिफारिस अनिवार्य हुनुपर्ने छ ।

(च)  बाल सदस्य बन्न आवेदनको साथमा अभिभावकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि–१, बालबालिकाको जन्म दर्ताको प्रमाण–पत्रको प्रतिलिपि–१, हालसालै खिचिएको अभिभावकको पासपोर्ट साइजको फोटो–१ र सदस्य बन्ने बालबालिकाको फोटो–२ प्रति अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।

(छ) बाल सदस्यताका लागि प्राप्त आवेदन माथि संस्थाको विनियम तथा नीतिका अधिनमा रही सदस्यताको आवेदन स्वीकार गर्ने वा नगर्ने अधिकार संचालक समितिलाई हुनेछ ।

(ज) आवेदन स्विकृत भएका व्यक्तिलाई मात्र संस्थाको बाल सदस्यता प्रदान गरिनेछ ।

(झ) सदस्यता प्राप्ति पश्चात् बाल सदस्यताको विवरण संस्थाको बाल सदस्यता दर्ता किताबमा दर्ता नम्बर कायम गरी सम्बन्धित बाल सदस्यका संरक्षकलाई हस्ताक्षर गराई राखिने छ ।

(ञ) संस्थामा नियमित रुपमा बुझाउनु पर्ने नियमित बचत नबुझाएमा र १६ वर्ष उमेर पुरा भएपछि बाल सदस्यता समाप्त हुनेछ ।

(ट) संस्थाले आयोजना गरेका तालिम, गोष्ठी, बाल भेलाहरुमा बाल सदस्यहरुले अनिवार्य रुपमा भाग लिनु पर्नेछ ।

(ठ) पाँच वर्ष उमेर पुगेका बाल सदस्यहरु बाल उप–समितिमा बस्न पाइने छ । 

(ड) आफ्नो बाल बालिकालाई संस्थाको विनियम  नीति नियमको पालना गर्नका लागि सहयोगीको भूमिका निर्वाह गर्ने दायित्व अभिभावकमा रहनेछ ।

 

 

परिच्छेद–११

विविध

 

३४. व्याख्या गर्ने अधिकार :

यस नीतिमा उल्लेखित कुराहरू एक अर्कासित बाझिन गएमा सो को व्याख्या गर्ने अधिकार संचालक समितिमा निहित रहनेछ । 

३५. नियम अनुसार भएको मानिने :

यो नीति लागु हुनु अघि भए गरिएको सम्पूर्ण कामहरु यसै नीति अनुसार भए गरिएका मानिनेछन् । 

३६. संशोधन :

यस नीतिमा भएका बुँदाहरू थपघट गर्नु परेमा वा संशोधन गर्नु परेमा संचालक समितिको सिफारिसमा साधारण सभाबाट संशोधन गर्न सकिनेछ । 

 

समाप्त


Contact


Karmatara Organization
Koteshwor-35, Kathmandu
Ph: 01-4602268
Email: ratanchura@hotmail.com

Testimonials

Find Us on Facebook