कर्मताराको चाहाना आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक  समृद्धिको कामना

3rd AGM 068/069

 

 कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि.
तेस्रो वार्षिक साधारण सभा

आज मिति २०६९ असोज २० गतेका दिन श्री कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. का.म.पा. ३५, कोटेश्वर काठमाडौँका संचालक समितिका अध्यक्ष श्री डि.बी. थापाको अध्यक्षतामा बसेको संस्थाको तेस्रो वार्षिक साधारण सभाले निम्न प्रस्तावहरुमा छलफल गरी तपसिल अनुसारको निर्णय गरियो ।


प्रस्तावहरुः–
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको वार्षिक प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत तथा पारित गर्ने ।
२) आ.व. ०६८/०६९ को आर्थिक कारोबार सहितको लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने ।
३) संस्थाको शेयर पुँजी वृद्धि गर्ने बारे ।
४) आ.व. ०६८/०६९ को लाभांश वितरण गर्ने बारे ।
५) कोष स्थापना बारे ।
६) विनियमावलीहरु पारित गर्ने बारे ।
७) आ.व. ०६९/०७० का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने बारे ।
८) तेस्रो वार्षिक साधारण सभाको निर्णय पुस्तिकाको प्रमाणित गर्न दुइजना शेयरधनी सदस्यको नियुक्ति गर्ने बारे ।
९) रिक्त हुन आएको संचालक पदमा बाँकी अवधिका लागि नियुक्ति गर्ने बारे ।
१०) विविध ।

निर्णयहरु
निर्णय नं. १
संस्थाका कुल १८७ जना शेयरधनी सदस्यहरुमध्ये ९६ शेयरधनी सदस्यहरुको उपस्थिति रहेको हुँदा आजको सभाको गणपुरक संख्या पुगेको घोषणा गर्दै अध्यक्षज्यूले सभाको कार्यवाही अगाडि बढाउन आदेश दिनुभयो । संचालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्षज्यूले ०६९ असार मसान्तसम्ममा रु ३८ लाख ६७ हजारको शेयर विक्री भएको, ०६९ असार मसान्तसम्म ३ करोड ७८ लाख ९४ हजार ७ सय ०८ बचत संकलन भएको, ऋण लगानी ४,४४,७६,४००/– भएको लगाएत भावी कार्यक्रमको बारेमा विभिन्न प्रस्तावहरु राख्नु भयो । अध्यक्षज्यूले प्रस्तुत गर्नु भएको भावी कार्यक्रम र वार्षिक प्रतिवेदन उपर व्यापक छलफल गरी आवश्यक सुझाव सहित संस्थाको वार्षिक प्रतिवेदन तथा भावी कार्यक्रमलाई सर्वसहमतीबाट स्वीकृत गर्ने निर्णय भयो ।


निर्णय नं. २
प्रस्ताव नं. २ को विषयमा छलफल गर्दा लेखा परीक्षक श्री सोमनाथ अधिकारीले तयार गर्नु भएको संस्थाको आ.व. ०६८÷०६९ को लेखा परीक्षण प्रतिवेदन तथा लेखा समितिको संयोजक श्री हिमलाल अधिकारीले प्रस्तुत गर्नु भयो । संस्थाको आर्थिक कारोबार सन्तोषजनक रहेको कुरा मनन गर्दै सभाले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन तथा आ.ब. ०६८/०६९ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय सर्वसहमीबाट भयो ।


निर्णय नं. ३
प्रस्ताव नं. ३ को विषयमा छलफल गर्दा यस संस्थाको कुल शेयर पुँजी रु. ५०,००,०००/– (अक्षरुपी पचास लाख) मात्र बराबरको रहेकोमा २०६९ असोज १९ गतेसम्ममा रु. ४८,३१,१००/– (अठ्चालिस आख एकतिस हजार एक सय मात्र) बराबरको ४८,३११ कित्ता शेयर विक्री भई सकेको हुँदा थप रु. २,००,००,०००/– (दुई करोड) बराबरको २,००,००० कित्ता शेयर पुँजी वृद्धि गरी सो को स्वीकृतिका लागि डिभिजन सहकारी कार्यालय काठमाडौँमा पेश गर्ने निर्णय सर्वसहमतीबाट गरियो ।


निर्णय नं. ४
आ.व. ०६८/०६९ मा संस्थाले कुल रु. ७०,३८५/– मुनाफा गर्न सफल भएको हुँदा प्रत्येक शेयरधनीलाई १.८२ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय भयो ।


निर्णय नं. ५
प्रस्ताव नं. ५ को विषयमा छलफल गर्दा यस संस्थाले आर्जन गरेको मुनाफाबाट निम्नानुसारको कोष छुट्याई पाँउ भनी २०६९ साउन ५ गते बसेको समितिको बैठकले गरेको सिफारिस अनुसार कोष छुट्याउन स्वीकृति प्रदान गर्ने निर्णय सर्वसहमीबाट गरियो ।
    

क्र.स

कोषको नाम 

प्रतिशत

    शेयर बोनस कोष   

२०%
२    

सदस्य शिक्षा कोष   

१०%

३    

कर्मचारी बोनस कोष

५%

४    

संरक्षित पुँजी र्फिता कोष 

१५%
५    

घाटापूर्ति कोष   

१५%

६    

डुबन्त ऋण कोष   

१५%
७    

संस्था विकास कोष  

१५%

८    

सहकारी संस्था स्थितिकरण कोष  

५%

जम्मा   

१००%


निर्णय नं. ६
प्रस्ताव नं. ६ को विषयमा छलफल गर्दा संस्थाको कारोबार वृद्धि सँगै कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापन ऋण लगानी तथा असुली, बचत व्यवस्थापन एवं आगामी वर्षमा सम्पन्न गर्नुपर्ने समितिको निर्वाचन लगायतका प्रयोजनका लागि निम्न लिखित विनियमावलीहरुको निर्माण समेत गरी स्वीकृतिका लागि पेश गरेकोमा निम्न लिखित विनियमावलीहरु आजको मितिदेखि लागु गर्ने गरी स्वीकृत गर्ने निर्णय सर्वसहमीबाट भयो ।
१) कर्मचारी प्रशासन बिनियम–२०६९
२) कर्जा असुली नियम–२०६९
३) निर्वाचन निर्देशिका–२०६९
४) बचत संकलन तथा कर्जा लगानी कार्यविधि–२०६९
५) आर्थिक प्रशासन बिनियम–२०६९


निर्णय नं. ७
प्रस्ताव नं. ७ को विष्यमा छलफल गर्दा आ.व. ०६९/०७० को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने कामको जिम्मा संस्थाको संचालक समितिलाई दिने निर्णय सर्वसहमतीबाट भयो ।


निर्णय नं. ८
प्रस्ताव नं. ८ को विषयमा छलफल हुँदा तेस्रो वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न शेयरधनी सदस्यहरुकोतर्फबाट श्रीमती ललिता शाक्य र श्रीमती लक्ष्मी थापा र संचालक समितिकोतर्फबाट अध्यक्षज्यूले दस्तखत गर्ने निर्णय सर्वसहमतीबाट भयो ।


निर्णय नं. ९
प्रस्ताव नं. ९ को विषयमा छलफल गर्दा यस संस्थाका संचालक समितिका सचिव श्री निलम कार्की र सदस्य श्रीमती रिता सुवेदीज्यूले आफ्नो कार्य व्यस्थताका कारण समितिमा रहन असमर्थ भएको जनाउँदै आ–आफ्नो पदबाट राजिनामा दिनुभएको प्रस्ताव भेलामा पेश हुँदा उहाँहरुको राजिनामा स्वीकृति गरी बाँकी अवधिका लागि सचिवमा श्री धिरेन्द्र झा र सदस्यमा श्री निलाराम विश्वकर्मालाई मनोनयन गर्ने निर्णय सर्वसहमतीबाट भयो ।


निर्णय नं. १०
क) कर्जाबारे
विविध विषय अन्तर्गत संस्थाले श्री नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. बाट वार्षिक ११% व्याजमा रु. ३०,००,०००/– (तिस लाख मात्र) कर्जा लिएको साथै युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा रु १,००,००,०००/– (एक करोड) कर्जा लिनका लागि आवेदन दिइएको र श्री राष्ट्रिय सहकारी बैंकबाट रु. ३,९०,०००/– (तीन करोड नब्बे लाख) सम्म कर्जा  लिन संचालक समितिलाई अख्तियार प्रदान गर्ने निर्णय सर्वसहमतीबाट भयो ।
 
ख) कर्मतारा एग्रो ट्रेड प्रा. लि. पव्लिक कम्पनी परिणत भएको र कम्पनीको शेयरपुँजी २ करोड पुगेको व्यहोरा जानकारीका लागि सभामा पेश भयो साथै कर्मतारा एग्रो ट्रेड (प्रा.) लि. पव्लिक कम्पनीमा परिणत भएको विनियम शंशोधनका आमलेखकका लागि कम्पनीको प्रबन्धपत्र, नियमावली स्थायी लेखा नम्बर र कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपी सहितका कागजपत्रहरु श्री डिभिजन सहकारी कार्यालय काठमाडौँमा पेश गर्ने निर्णय सर्वसहमतीबाट भयो ।
 
आजको छलफलको विषय वस्तु समाप्त भएको हुँदा संस्थाको तेस्रो वार्षिक भेलामा उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिनुहुँदै अध्यक्षज्यूले आजको सभा विसर्जन भएको घोषणा गर्नुभयो ।

Contact


Karmatara Organization
Koteshwor-32, Kathmandu
Ph: 01-4612268
Email: karmatarasaccos@hotmail.com

Testimonials

Find Us on Facebook