१) कुनै पनि कर्मचारीले आप्mनो तोकिएको सेवा शर्त अवधि बाहेकको अवस्थामा एक महिना अगावै लिखित सूचना दिई आप्mनो पदबाट राजीनामा दिएमा,
२) कुनै पदको दरवन्दी खारेज भएमा वा दरवन्दी कटौती भएमा छ महिना नपुगी सोही पदको दरवन्दी थप गर्न पाइने छैन ।
३) कर्मचारीको उमेर ६० वर्ष पुगेमा,
४) कर्मचारीको मृत्यु भएमा,
५) बर्खास्त गरिएमा ।
६) नियुक्तिको अवधि समाप्त भएमा ।
(ख) उप–नियम (क) बमोजिम सेवाको अन्त्य भएका कर्मचारीले आप्mनो जिम्मामा रहेका सम्पूर्ण नगदी, जिन्सी र कागजपत्र तोकिएको कर्मचारीलाई बुझाउनु पर्नेछ । राजीनामा स्वीकृत भएपछि निजले नियमले पाउने सुविधा पाउने छन् ।
(ग) उप नियम (क) (२) बमोजिम खारेज वा कटौतीमा रहेका कर्मचारीले नियमानुसार पाउने सुविधा पाउनेछन् । खारेज वा कटौती गर्ने सूचना एक महिना अगावै सम्बन्धित कर्मचारीलाई दिईने छ ।
(घ) उपनियम (क) (३) बमोजिम अवकाश पाउने कर्मचारीले नियमानुसारको सबैे सुविधा पाउने छन् । यस्ता कर्मचारीलाई अवकाशको मितिबारे अग्रिम सूचना दिइने छ । सो सम्बन्धमा संस्थालाई जानकारी दिनु कर्मचारीको पनि कर्तव्य हुनेछ ।
(ङ) उपनियम (क)(४) बमोजिमको अवस्थामा मृत कर्मचारीले पाउने नियमानुसार सुविधा निजको परिवारलाई दिइने छ ।
(च) उप नियम (क) (५) बमोजिम अवकाश वा बर्खास्त गरिएका कर्मचारीले उपदान बाहेक नियमानुसारको अन्य सुविधाहरु पाउने छन् ।
परिच्छेद–४
तलव, भत्ता र अन्य सुविधाहरु
९) तलव, भत्ता
(क) संस्थाका कर्मचारीले हाजिरभई काम गरेको मितिदेखि आर्थिक प्रशासन नियमावलीमा व्यवस्था भए अनुसार महिना भुक्तान भएपछि तलब पाउने छन् ।
(ख) यो नियम अनुसार कारबाही भई घटुवा सजाय पाएको वा तलब रोक्का गर्ने अवस्थामा बाहेक सामान्यतया कुनै कर्मचारीलाई तलब दिदा निजले खाईपाई आएको तलबमा सूविधा घटाइने वा रोक्का गरिने छैन ।
(ग) कुनै कर्मचारीलाई कायम मुकायम मुकरर गरी काममा लगाउँदा निजले आफ्नो पदभन्दा एक तह माथिल्लो पदको शुरु स्केल बमोजिमको तलब भत्ता मात्र पाउने छ ।
१०) वार्षिक ग्रेड :
संस्थामा स्थायी भएका कर्मचारीले नियुक्तिको मितिले एक वर्ष पुगेपछि रु. १,०००/–तलब बराबर मासिक रु. १०/– का दरले वार्षिक ग्रेड पाउने छन् ।
११) सुविधा
क) संचय कोष
(१) संस्थामा काम गर्ने स्थायी कर्मचारीले खाईपाई आएको तलबबाट प्रत्येक महिना १० प्रतिशत कट्टा गरी उक्त रकम संस्थाको बैंक खातामा जम्मा गरी नियम अनुसार ब्याज दिईने छ । संस्थामा काम गर्ने स्थायी कर्मचारीले खाईपाई आएको तलबबाट प्रत्येक महिना १० प्रतिशत कट्टा भएको सो रकममा संस्थाबाट १० प्रतिशत थप गरी कर्मचारी संचयकोषमा जम्मा गरिनेछ ।
(२) कुनै कर्मचारीको अवकास हुंदा निजको नाममा जम्मा भएको उक्त कोषको रकम भुक्तानी पाउनेछ ।
ख) उपदान
(१) संस्थाका कर्मचारीले कम्तिमा १० वर्ष स्थायी सेवा अवधि पूरा गरि अवकास लिएमा वा निजलाई हटाइएमा निजले सेवा गरेको अवधि १० वर्षदेखि १५ वर्ष भए काम गरेको प्रत्येक वर्षको लागि खाइपाई आएको प्रत्येक महिनाको तलबको आधा महिना र १६ वर्षदेखि २० वर्ष भए काम गरेको प्रत्येक वर्षको लागि खाइपाइ आएको प्रत्येक महिनाको तलबको एक महिनाको दरले उपदान पाउनेछ । तर सजाय गरी नोकरीबाट बर्खास्त गरिएको कर्मचारीले उपदान पाउने छैन ।
(२) स्थाथी कर्मचारीको मृत्यु भएमा निजले योे नियम बमोजिम पाउने उपदान निजले इच्छाएको व्यक्तिलाई र कसैलाई नइच्छाएको भए प्रचलित कानुन बमोजिम हकवालालाई भुक्तानी दिईने छ ।
(३) तर संस्थाको बितिय स्थिती खराब भई संस्था घाटामा गएको अबस्थामा कर्मचारीले उपदानमा दाबीगर्न पाउने छैनन् ।
ग) पुरस्कार
(१) कुनै कर्मचारीले संस्थाको हितमा पुर्याएको योगदान (दक्षता, कार्यकुशलता र कार्य सम्पादन मूल्याड्ढन) को आधारमा निजलाई प्रोत्साहन गर्न पुरस्कृत गर्न सकिने छ । यसरी प्रोत्साहन गर्दा प्रशंसा पत्र तथा नगद पुरस्कार समितिले दिन सक्नेछ । तर यसरी प्रोत्साहित सिफारिस गर्दा कर्मचारीलाई एक पटक सिफारिस गरेपछि २ बर्षसम्म सिफारिस वा त्यस्तो पुरस्कारको कारवाही गर्न पाइने छैन ।
घ) वोनस
(१) संस्थाको कुनै आर्थिक बर्षको खुद आर्जनमध्ये वार्षिक लेखापरीक्षण प्रतिवेदनमा नाफा नोक्सान अनुसार वोनस वितरणको लागि छुट्याइएको रकमबाट वोनस वितरण गरिने छ । यसरी वितरण गरिने वोनस रकम कर्मचारीको १ महिनाको तलबभन्दा बढी हुने छैन ।
(२) संस्थाका ज्यालादारी र करार सेवाका कर्मचारी बाहेक सबै कर्मचारीहरुलाई काम गरेको दिन अर्थात् सार्वजनिक विदा तथा तलब पाउने गरी बसेको विदाको दिन समेत गणना गरी समानुपातिक रुपमा वोनस बाड्न सकिने छ ।
(३) कुनै पनि कर्मचारीलाई निलम्बित अवधिको वोनस दिइने छैन ।
(४) वार्षिक लेखा परीक्षण स्वीकृत भई साधारण सभाले अनुमोदन गरिसकेपछि मात्र वोनस वितरण गर्न सक्नेछ ।
(५) यसरी वोनस वितरण गर्दा कर्मचारीको स्थाथी सेवा अवधि २ वर्ष पूरा भएको हुनु पर्नेछ ।
ङ) दैनिक भ्रमण भत्ता
(१) संस्थाको कामको सिलसिलामा कुनै कर्मचारी स्वदेश वा विदेशमा काजमा खटिई गएमा वा सरुवा भएमा निजले समितिले निर्णय गरे बमोजिम दैनिक भ्रमण भत्ता पाउने छ ।
(२) भ्रमण काज खटाउदा औचित्य हेरी व्यवस्थापकले आफू मुनिका कर्मचारीलाई र अध्यक्षले व्यवस्थापकलाई काज खटाउन सक्ने छ ।
(३) कुनै कर्मचारीलाई काजमा खटाउदा काजको उदेश्य, अवधि, भ्रमण गर्ने साधन, पेश्की आदि खुलेको भ्रमण आदेश निजलाई दिनु गर्ने छ ।
च. अतिरिक्त समय भत्ता
(१) संस्थाका कर्मचारीलाई सार्वजनिक विदाको दिन काममा लगाउनु पर्दा निजले खाईपाई आएको एकदिन बराबरको तलब अतिरिक्त समय भत्ता दिइनेछ ।
(२) अतिरिक्त भत्ताको रकम महिनामा ४ दिनको तलवसम्म मात्र हुनेछ ।
(३) साँझ वा विहान अतिरिक्त भत्ता पाउने नियतले ढिलासुस्ती गरी काम ठग्ने कर्मचारीलाई अवकाससम्मको विभागीय कारवाही गरिनेछ ।
६. बीमा :
(१) संस्थाका सम्पूर्ण स्थायी कर्मचारीहरुलाई एकलाख बराबरको दुर्घटना बीमा र एकलाख बराबरको स्वास्थ्य उपचार विमा संस्थाले गरिदिनेछ ।
(२) बीमा वापत पाउने भुक्तानीको शर्तहरु बीमा कम्पनीसँग भएको सम्झौतामा तोकिए बमोजिम हुनेछ ।
ज) अन्य सुविधा
(१) संस्थामा कार्यरत कम्तिमा ६ महिना सेवा अवधि पुगेका करार सेवा बाहेकका कर्मचारीले आफूले मान्ने मुख्य चाडपर्व आउनु १० दिन अगावै एक महिनाको खाईपाई आएको तलव बरावरको रकम चाडपर्व खर्च भुक्तानी पाउने छन् । यस्तो मुख्य चाडपर्व कुन हो भन्ने कु्रा यो नियमावली लागु भएको मितिले ३ महिनाभित्र समितिलाई लिखित जानकारी गराउनु पर्नेछ । त्यसपछि हरेक वर्ष सोही चाडका बखतमात्र यस्तो चाडपर्व भत्ता माग गर्न सकिनेछ र सोही अनुसार भुक्तानी दिइनेछ ।
झ) बिदा
(१) संस्थामा कार्यरत कर्मचारीले देहाय बमोजिमको बिदा पाउन सक्नेछन् ।
क) बिरामी विदाः
संस्थाका करार सेवा बाहेकका कर्मचारीले वर्षमा बढीमा ६ दिन बिरामी बिदा पाउनेछन् । विरामी विदा नलिएमा संचित बिरामी बिदाको रकम प्रत्येक पाँच वर्षपछि एकमुष्ट भुक्तानी दिइनेछ ।
ख) भैपरी तथा पर्व बिदा
संस्थाका करार सेवा बाहेकका कर्मचारीले वर्षमा बढीमा ३ दिन भैपरी तथा पर्व बिदा पाउनेछन् । यस्तो बिदा आधा दिन पनि लिन सकिनेछ । त्यस्तो बिदा संचित हुने छैन ।
ग) किरिया बिदाः
करार सेवा बाहेकका कर्मचारी आफैँ किरिया बस्नु परेमा कुल धर्म हेरी बढीमा १५ दिनसम्म किरिया बिदा पाउन सक्नेछन् ।
घ) सार्वजनिक बिदाः
संस्थामा काम गर्ने कर्मचारीले नेपाल सरकारले तोके बमोजिम सार्वजनिक बिदा पाउन सक्नेछन् ।
ड.) सुत्केरी बिदाः
करार सेवा बाहेकका महिला कर्मचारी गर्भवती भएमा सुत्केरी हुनु अघि र पछि गरी ३० दिन प्रसुती बिदा पाउने छन् । सोभन्दा बढी बिदा बस्नु पर्ने स्थितिमा बढीमा ३० दिन कर्मचारीको अन्य बिदाबाट कट्टी हुने गरी प्रसुती बिदा पाउन सक्नेछन् । त्यसरी सञ्चित बिदाबाट कट्टी गर्न नपुग दिन जति बेतलवी बिदा मिलाउन सकिने छ ।
ज) बिदा दिने अधिकारी
(१) बिदा अधिकारको कुरा नभई सुविधा मात्र भएकोले बिदा स्वीकृति नगराई कुनै पनि कर्मचारी कार्यालयमा अनुपस्थित हुनु हुदैन ।
(२) साधारणतया कामको अनुकुल हेरी बिदा दिने अधिकारी (प्रबन्धकले) आफ्ना मातहातका कर्मचारीलाई छ दिनसम्म बिदा दिन सक्ने छ । सो अवधिभन्दा बढी विदा लिन परेमा निजको सिफारिसमा अध्यक्षले बिदा दिन सक्ने छ ।
(३) बिदा स्वीकृत नगराई कुनै कर्मचारी लगातार ७ दिनसम्म विना सूचना कार्यालयमा अनुपस्थित भएमा नियुक्ति दिने अधिकारीले निजलाई सेवाबाट अवकास दिन सक्ने छ ।
१२) तालिम
१) संस्थाले आफ्नो जनशक्ति विकासको लागि आफ्ना कर्मचारीलाई तालिममा पठाउदा निम्न आधार लिने छ ।
क) पद अनुसारको कामको लागि तालिम दिने,
ख) कर्मचारीको कार्य सम्पादनको मूल्याड्ढन गर्ने,
ग) शैक्षिक योग्यताको मूल्याड्ढन गर्ने,
घ) जेष्ठताको मूल्याड्ढन गर्ने,
ङ) तालिमबाट प्राप्त हुने अपेक्षित प्रतिफलको मूल्याड्ढन गर्ने ।
परिच्छेद–५
अनुशासन र आचरण
१३. आचरण:
संस्थामा कार्यरत कर्मचारीले निम्नानुसारको आचरण पालना गर्नु पर्दछ ।
(क) समय र आज्ञापालना
(१) संस्थाले तोकेको समयमा कार्यालयमा उपस्थित भै कामकाज गर्नु पर्दछ । संस्थाको समय आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुनेछ । तर मङ्सीर १ गतेदेखि माघ मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र हुनेछ ।
(२) सदस्य तथा सेवाग्राहीसँग शिष्ट र मर्यादित रुपमा प्रस्तुत हुनु पर्दछ ।
(३) कार्यालयभित्र आफूभन्दा माथिल्लो ओहोदाका सबै व्यक्तिप्रति उचित आदर देखाउनु पर्दछ ।
(४) आफुलाई सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्नु प्रत्येक कर्मचारीको कर्तव्य हुनेछ ।
(५) प्रत्येक कर्मचारीले संस्थाको वार्षिक कार्यक्रम कार्यान्वयन गर्न आफुमा भएको सम्पूर्ण क्षमता प्रयोग गरी लक्ष्य पूरा गर्न हरतरहले प्रयत्न गर्नुपर्दछ ।
(६) संस्थाले लागु गरेका सम्पूर्ण प्रकारका नियमावली, बैठकको निर्णय, आदेश आदि पालना गर्नु र कार्यान्वयन गर्नु सम्पूर्ण कर्मचारीको कर्तव्य हुनेछ ।
(७) कर्मचारीको अनुशासन र आचरण सम्बन्धी नियममा संस्थाले थप घट गरेमा सो सबै कर्मचारीको लागि मान्य हुनेछ ।
(ख) आर्थिक आचरण
(१) संस्थाको हिसाव किताव तत्काल खातामा प्रविष्टी गर्ने गराउने व्यवस्था मिलाउनु पर्दछ ।
(२) सेवा लिन आउनेसँग कुनै प्रकारको दान, उपहार, कोसेली, चन्दा जस्ता कुरा लिनु हुँदैन।
(३) संस्थाको रकम निजी प्रयोगमा लगाउन वा नासमास, हिनामिना गर्नु हुँदैन ।
(४) संस्थाको नियमावलीबाट अधिकार पाएको बाहेक अन्य तरिकाले खर्च लेख्न हुँदैन ।
(५) स्वदेशी वा विदेशी सरकार वा निकायबाट प्राप्त हुने उपहार, पुरस्कारको लागि पूर्व स्वीकृति लिनुपर्नेछ ।
(ग) गुटवन्दी गर्न नहुने
(१) संस्थाभित्र गुटवन्दी गर्न वा गुट सृजना गरी पक्षपात र मोलाहिजा गर्न हुँदैन।
(२) समितिको निर्वाचनमा उम्मेदवार हुनु हुँदैन र कसैको पक्षमा प्रचार प्रसार गर्नु गराउनु हुँदैन ।
(३) संविधानले दिएको मताधिकार प्रयोग गर्ने बाहेक कर्मचारीले राजनीतिक, धार्मिक वा जातिय सम्प्रदाय विरुद्ध वा पक्षमा र लैङ्गिक विभेद देखिने कामकुरामा संलग्न रहनु हुँदैन ।
(४) कुनै पनि कर्मचारी आफू कार्यरत रहेको र अन्य सहकारी संस्थाको संचालक समितिको पदमा उम्मेदवार बन्नु हँदैन । आफु कार्यरत रहेको पदको राजिनामा स्वीकृत गराएर मात्र संस्थाको संचालक समितिको उमेदबार बन्न सकिने छ ।
(घ) सार्वजनिक नैतिकता
(१) बहु विवाह गर्न वा गर्नका लागि अरुलाई उक्साउनु हुँदैन।
(२) कसैलाई यातना दिन, यौनजन्य दुव्र्यवहार गर्न एवं घरेलु हिंसा गर्न गराउँनु हुँदैन।
(ङ) आलोचना गर्न नहुने
(१) संस्थाको कामको विषयमा समितिलाई शिष्टतापूर्वक रचनात्मक सुझाव दिन बाहेक अन्यत्र आलोचना गरी हिँड्न र अर्काले गरेको आलोचनाप्रति समर्थन गर्नु हुँदैन। तर सहकारी सम्बन्धी विषयमा साहित्यिक, वैज्ञानिक तथा सृजनात्मक लेख रचना लेख्न यसले बाधा पुराएको मानिने छैन ।
(२) हरेक कर्मचारीले आफूले थाहा पाएको संस्थाको व्यवसायिक गोपनीयता समितिले माग गरेमा र छानवीन उपसमितिले माग गरेमा बाहेक अन्यत्र भन्न र इशारा गर्नु हुँदैन।
(च) व्यसाय संचालन तथा स्थापना गर्न नहुने
(१) संस्थाले संचालन गर्ने व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने, संस्थाको व्यवसायिक कारोवार घटाउने र सदस्यको हितमा असर पुग्ने किसिमको कुनै कम्पनी खोल्न, अर्को संस्था स्थापना गर्न, कुनै उद्योग स्थापना गर्न वा परामर्शदाताको काम गर्ने निकाय स्थापना गर्न, बैंक तथा वित्तिय संस्था स्थापना गर्न चाहेमा समितिको स्वीकृति लिनु पर्दछ ।
(२) समान प्रकृतिको अर्को संस्था वा कम्पनीको संचालक वा सल्लाहकार वा लेखा समिति सदस्य वा उपसमिति सदस्य हुन वा कर्मचारीको रुपमा नियुक्ति लिन वा एजेन्ट बन्न समेत हुँदैन। तर परम्परादेखि गरी आएको वा संस्थाको सेवामा प्रवेश गर्नु पूर्व देखि गरिआएको पेसा व्यवसाय गर्न यसले बाधा पुराएको मानिने छैन ।
(छ) हडताल थुनछेक वा घेराउ गर्न नहुने
(१) आफ्नो माग पूरा गराउनका लागि संस्थाको काममा बाधा पार्ने गरी कार्यालय वा संस्थाका पदाधिकारीलाई घेराउ गर्न हुँदैन।
(२) संस्थाको व्यवसायिक कारोवार तथा सदस्य हित प्रतिकुल हुने गरी हडताल गर्नु हुँदैन।
(३) राष्ट्रको सार्वभौमसत्तामा र अखण्डतामा आंच आउने, शान्ति सुरक्षा तथा वैदेशिक सम्बन्ध खल्बलिने, सार्वजनिक मर्यादा र अदालतको निर्णयको अवहेलना हुने, जातजाति, धर्म, वर्ग, क्षेत्र र सम्प्रदायका मानिसहरु बीच वैमनस्यता उत्पन्न गराउने वा दुर्भावना फैलाउने गरी वा कुनै अपराधलाई प्रश्रय हुने गरी प्रदर्शन, हडताल वा भाग लिन र सो गर्न अरुलाई उक्साउनु समेत हँुदैन ।
(४) कानूनद्वारा कार्य गर्न जिम्मेवारी पाएका व्यक्ति विरुद्ध कर्तव्य पूरा गर्न बाधा पुग्ने गरी हडताल, कलमबन्द, थुनछेउ र घेराउ गरी शारीरिक तथा मानसिक दवाव दिने कार्य गर्न गराउन वा उक्साउनु समेत हुँदैन।
परिच्छेद–६
सजाय तथा पुनरावेदन
१४. सजाय:
उचित तथा पर्याप्त कारण भएका संस्थाका कर्मचारीलाई निम्न बमोजिमको सजाय गर्न सकिनेछ ः
(१) नसिहत दिने
(२) तलव वृद्धि तथा पदोन्नति रोक्का गर्ने
(३) नोक्सान असूल गर्ने
(४) सेवाबाट हटाउने
(५) सेवाबाट बर्खास्त गर्ने
(१) नसिहत दिने
देहायका कुनै अवस्था भएमा कर्मचारीलाई नसिहत दिन सकिनेछ:
(क) चेतावनी दिदा नसुध्रिएका ।
(ख) आफुले गर्नु पर्ने काममा ढिलासुस्ती वा लापरवाही गरेमा ।
(ग) सेवा दिनु पर्ने सदस्यलाई दुःख दिने नियतले काम गरेमा ।
(घ) अनुशासन उल्लंघन गरेमा ।
(ङ) आफुभन्दा माथिल्लो अधिकारीले दिएको आदेश पालना नगरेमा ।
(च) बरवुझारथ नगरेमा ।
(छ) लेखा परीक्षण गराउँदा विवरण उपलब्ध नगराएमा वा गलत लिखत तयार पार्न दवाव सृजना गरेमा ।
(ज) संस्थाको खातापत्र समयमा प्रविष्टी नगरेमा वा नगराएमा ।
(२) तलव वृद्धि वा बढुवा रोक्का गर्ने
देहायको कुनै अवस्थामा संस्थाका कर्मचारीलाई २ देखि ५ ग्रेड वृद्धि रोक्का गर्ने वा २ देखि ५ वर्षसम्म बढुवा रोक्का गर्न सकिनेछ ।
(क) अनुशासनहीन काम गरेमा ।
(ख) यस नियमावलीका आचरण सम्बन्धी कुरा उल्लंघन गरेमा ।
(ग) बारम्बार मादक पदार्थ सेवक गरी कार्यालयमा आउने गरेमा ।
(घ) पेश्की लिई ३५ दिनभित्र फछर्यौट नगरेमा वा नगराएमा ।
(ङ) काम नखुलाईकन पेश्की लिने दिने गरेमा ।
(च) पूर्व स्वीकृति बिना बारम्वार कार्यालयमा अनुपस्थित भएमा ।
(छ) समितिले दिएको आदेश पालना नगरेमा ।
(ज) नसिहत दिएपछि पनि सुधार नभएमा ।
(झ) लापरवाही गरी संस्थालाई हानी नोक्सानी पुराएमा ।
(ञ) आफ्नो पदको जिम्मेवारी बहन गर्न नसकेमा वा नगरेमा वा झुटो विवरण पेश गरेमा ।
(ट) संस्थाको कागजात तथा सम्पत्ति नष्ट गरेमा वा गर्न उक्साएमा ।
(ठ) बारम्बार कार्यालयमा ढिलो पुगेमा ।
(३) नोक्सान असूल गर्ने
संस्थाका कुनै कर्मचारीले देहायका कुनै काम गरी संस्थालाई हानी नोक्सानी पुराएमा निजले पाउने कुनै रकम तथा घरघरानाबाट असूल उपर गरिनेछ ।
(क) लापरवाही गरेमा ।
(ख) योग्यता ढाँटी काम गरेर हानी नोक्सानी पुराएमा ।
(ग) संस्थाको कागजात र प्रमाण नष्ट गरे गराएमा वा गर्न उक्साएमा ।
(घ) संस्थाको सम्पत्ति नष्ट गरेमा वा काम नलाग्ने गरे गराएमा ।
(ङ) संस्थाले विक्री गर्ने वस्तु लापरवाहीपूर्वक काम गरेको कारणले वा जानजान नासमास गरेमा ।
(च) संस्थाले खरिद तथा विक्री गर्ने वस्तुको गुणस्तर र मूल्यमा घटीबढी गरी संस्थालाई नोक्सान पुराएमा ।
(४) सेवाबाट हटाउने
देहायको कुनै अवस्थामा संस्थाका कर्मचारीलाई भविष्यमा संस्थाको नोकरीको लागि सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाउन सकिनेछ ।
(क) अयोग्यताका कारण आफ्नो पदको जिम्मेवारी पुरा गर्न सक्षम नभएमा ।
(ख) पद तथा जिम्मेवारी अनुसारको आचरण नगरेमा ।
(ग) कार्यालयमा बारम्वर मादक पदार्थ सेवन गरी आएमा ।
(घ) अनुशासन तथा आचरण सम्बन्धी व्यवस्था उल्लंघन गरेमा ।
(ङ) आफ्नो जिम्मेवारीको वेवास्ता गरेमा ।
(च) बिदा स्वीकृत नगराई लगातार ७ दिनभन्दा बढी गयल भएमा ।
(५) सेवाबाट बर्खास्त गर्ने
देहायको कुनै अवस्थामा संस्थाका कर्मचारीलाई भविष्यमा संस्थाको नोकरीको लागि सामान्यः अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गर्न सकिनेछ ।
(क) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा ।
(ख) भ्रष्टाचार गरेमा
(ग) नोकरी पाउने उद्देश्यले योग्यता ढाँटेमा वा जाली प्रमाणपत्र पेश गरेमा ।
(घ) संस्थाको गोपनीयता खोलेमा वा विक्री गरेमा ।
(ङ) संस्थाको व्यवसाय र काम कारवाहीमा वेइमानी गरेमा ।
(च) संस्थाको रकम बिना कारण पेश्की लिई ३५ दिनभन्दा बढी समयसम्म निजीरुपमा प्रयोग गरेमा ।
(छ) संस्थाले पाउनु पर्ने ऋणको साँवा व्याज तथा अन्य रकम असूल नदेखाई व्यक्तिगत लाभका लागि प्रयोग गरेमा वा अरुलाई गर्न उक्साएमा ।
(ज) सदस्यलाई भुक्तानी दिनु पर्ने रकम झुक्याई बुझाएको भरपाई तयार पारी सम्बन्धित व्यक्तिलाई नदिएको प्रमाणि भएमा ।
(झ) संस्थाको जस्तै कारोवार गर्ने अर्को सहकारी संस्था वा वित्तिय निकाय वा व्यवसायीक प्रतिष्ठानमा नोकरी गरेमा वा एजेन्ट भएमा वा संस्थाको संचालक भएमा वा सल्लाहकार भै काम गरेमा ।
१५. सजाय दिने अधिकारी:
(१) आफुभन्दा मुनिका कर्मचारीलाई चेतावनी दिने, गयलकट्टा गर्ने तथा नसिहत सजाय व्यवस्थापकले दिन सक्नेछ ।
(२) व्यवस्थापक वा प्रबन्धक लगायत अधिकृतस्तरका कर्मचारीलाई चेतावनी दिने, गयलकट्टा गर्ने र नसिहत दिने अधिकार समितिको अध्यक्षले दिन सक्नेछ ।
(३) तलव वृद्धि रोक्का वा बढुवा रोक्का सजाय समितिको अध्यक्षले दिन सक्नेछ ।
(४) हानी नोक्सानी, हिनामिना असूली कार्य छानविन उपसमितिले छानविन गरी प्रतिवेदन दिएको आधारमा समितिले निर्णय गर्नेछ ।
(५) सेवाबाट अवकास दिन संचालक समितिको बहुमतले मात्र निर्णय गर्न सक्नेछ । यस्तो आदेशमा समितिको अध्यक्षले दस्तखत गरेको हुनु पर्नेछ ।
१६. पुनरावेदन
(१) व्यवस्थापकले गरेको सजाय आदेश विरुद्ध निर्णय गरेको मितिले ३० दिनभित्र समिति समक्ष निवेदन दिन सकिने छ ।
(२) अध्यक्षले गरेको सजाय आदेश विरुद्ध त्यस्तो आदेश भएको मितिले ३० दिनभित्र समितिमा निवेदन पेश गर्न सकिने छ ।
(३) समितिले गरेको सजाय आदेश विरुद्ध त्यस्तो निर्णय भएको मितिले ३ महिनाभित्र वा लगत्तै बस्ने साधारणसभामध्ये जुन पहिले हुन्छ सो मिति भित्र पुनरावेदनका लागि निवेदन दिन सकिने छ ।
(४) साधारण सभामा पुनरावेदनका लागि निवेदन परेमा त्यसलाई प्रस्तावको रुपमा प्रस्तुत गरी निर्णय दिनु पर्नेछ । साधारणसभाले निर्णय दिनु पूर्व छानवीन गर्ने, प्रमाण जुटाउने, सुनुवाई गर्ने आदि जे जो चाहिने सबै कार्य गर्न सक्नेछ । साधारण सभाको निर्णय अन्तिम निर्णय हुनेछ ।
(५) पुनरावेदन गर्दा देहायका कुराहरु पालना गर्नु पर्दछ ।
(क) कर्मचारीले आफ्नै नामबाट पुनरावेदन गर्नु पर्दछ ।
(ख) कर्मचारीले सफाइका लागि जो भएका प्रमाण पेश गर्नु पर्नेछ ।
(ग) पुनरावेदन गर्दा जुन आदेशको विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको प्रतिलिपी पेश गर्नुपर्नेछ ।
(घ) पुनरावेदनमा आफ्नो माग स्पष्ट रुपमा किटान गर्नुपर्नेछ ।
१७. सफाईको मौका दिनु पर्ने:
(१) सजायको आदेश दिने अधिकारीले सजायको आदेश दिनु पूर्व अभियोगको सम्बन्धमा सम्बन्धित कर्मचारीलाई सफाई पेश गर्न पर्याप्त समय दिनु पर्दछ ।
(२) सफाई पेश गर्नु पर्ने कर्मचारीले पनि तोकिएको म्यादभित्र शिष्ट र मर्यादित भाषामा यथार्थ व्यहोरा खोली सफाई पेश गर्नु पर्दछ ।
(३) सफाईमा पेश भएका कुराहरु छानविन गरी प्रतिवेदन पेश गर्नका लागि समितिले अध्यक्ष वा व्यवस्थापकलाई र अध्यक्षले व्यवस्थापकलाई खटाउन सक्नेछ ।
१८. निलम्बन गर्ने :
(१) विभागीय सजाय गर्न लागिएको कुनै कर्मचारीलाई निजले गर्ने पदको जिम्मेवारीको कार्य गर्न दिदा प्रमाण गायव हुन सक्ने, झुटा प्रमाण तयार हुन सक्ने वा अवांछित दवाव पर्न सक्ने अवस्था आएमा वा आउन सक्ने भरपर्दो अवस्था देखिएमा त्यस्तो कर्मचारीलाई छानवीन कार्य समाप्त नभएसम्म वा बढीमा ३ महिनासम्मको लागि जुन चाँडो हुन्छ सो अवधिसम्मका लागि निलम्बन गर्न सकिनेछ । निलम्वनका अवधि बढाउनु परेमा बढीमा १ महिनाको लागि साधारणसभाको लिखित सहमति लिनु पर्नेछ ।
(२) निलम्बनमा परेको कर्मचारी सफाई पाई पदमा बहाल भएमा निजले पूरै अवधिको तलव भत्ता पाउनेछ ।
(३) निलम्बनमा परेको कर्मचारीले सजाय पाएमा निजले उक्त अवधिको तलव भत्ता पाउने छैन ।
परिच्छेद–७
अवकास तथा पुरस्कार
१९. अवकाश:
(१) संस्थाका कर्मचारी ६० वर्षको उमेरसम्म बहाल रहन सक्नेछन् ।
(२) संस्थाका कर्मचारी ५० वर्ष उमेर पुगेर वा २० वर्ष सेवा अवधि पुगी स्वेच्छाले राजीनामा दिई सेवाबाट अवकास लिन सक्नेछन्
(३) अवकास हुन चाहने कर्मचारीले कम्तिमा १ महिना अघि नै जानकारी गराउनु पर्नेछ ।
२०. पुरस्कार:
(१) राम्रो काम गर्ने कर्मचारीलाई संस्थाको आयश्रोत हेरी समितिले नगद पुरस्कार दिन सक्नेछ ।
(२) लामो समयसम्म काम गरेका वा संस्थालाई नयाँ गति दिई व्यवसायिक क्षेत्रमा प्रतिष्ठित गराउन योजना बनाउने र त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्ने कर्मचारीलाई संस्थाको आयश्रोत हेरी समितिको सिफारिसमा साधारण सभाले पचास हजारसम्मको पुरस्कार दिन सक्नेछ ।
(३) नगद पुरस्कार दिदा सो मा लाग्ने प्रचलित ऐनले तोकेको कर कट्टा गरी दिनु पर्नेछ ।
परिच्छेद–८
विविध
२१. दरबन्दी खारेजी तथा कटौति सम्बन्धी व्यवस्था:
(१) संस्थाका लागि कुनै दरवन्दी कटौति गर्नु पर्ने भएमा वा दरवन्दी खारेज गरिएमा सो दरबन्दीमा कार्यरत कर्मचारीको पद स्वतः खारेज हुनेछ ।
२२. व्याख्या गर्ने अधिकार:
(क) यो नियमावलीको व्याख्या गर्ने अधिकार संस्थाको संचालक समितिलाई हुनेछ ।
(ख) कुनै अख्तियारवाला कर्मचारीले यो नियमावली बमोजिम अधिकार प्रयोग गर्दा गरिएको व्याख्याबाट कुनै कर्मचारीलाई मर्का परेमा त्यसरी मर्का परेको कुरा खोली संचालक समितिमा पुनरावेदन गर्न सक्नेछन् ।
(ग) संचालक समितिका अध्यक्ष वा समितिले गरेको निर्णयबाट कुनै कर्मचारीलाई मर्का परेको खण्डमा सो कुरा खोली त्यस्तो मर्का पर्ने कर्मचारीले सो आर्थिक वर्षमा बस्ने साधारण सभामा पुनरावेदन गर्न सक्नेछन् । साधारण सभा सम्पन्न भै सकेको भए सो आर्थिक वर्षपछि लगतै आउने अर्को आर्थिक वर्षको साधारण सभामा पुनरावेदन गर्न सक्नेछ ।
(घ) पुनरावेदन दर्ता भए पछि साधारण सभाले छानवीन तथा निर्णय गर्नका लागि न्यायिक विशेष समिति बनाई ३५ दिनभित्रमा फैसला गर्नु पर्नेछ ।
२३. खारेजी तथा बचाउ:
(१) यो नियमावली लागु हुनु पूर्व गरिएका कर्मचारी दरबन्दी सृजना, नियुक्ति, सरुवा, बढुवा, अवकाश तथा प्रदान गरिएको सुविधा यसै नियमावली बमोजिम गरिएको मानिनेछ ।
(२) कुनै पनि कर्मचारीले खाईपाई आएको सुविधा तथा सेवा कटौति गरी निजलाई मर्का पारिने गरी नियमावली बनाइने छैन ।
अनुसूची–१
संस्थाको कर्मचारीको पद र श्रेणी
(क) व्यवस्थापन तर्फ:
तह–१ :कार्यालय सहयोगी÷कुचिकार÷खलासी
तह–२ :कनिष्ठ सहायक
तह–३ :सहायक
तह–४ :सहायक लेखापाल÷फिल्ड सहायक÷सहायक बजार परिचालक
तह–५ :सहायक लेखा अधिकृत÷सहायक कर्जा अधिकृत÷सहायक प्रशासन अधिकृत/बजार परिचालक
तह–६ :उप–प्रबन्धक÷लेखा अधिकृत÷बजार प्रबन्धक
तह–८ :बरिष्ठ–प्रबन्धक
तह–११ :नायब महा–प्रबन्धक
तह–१२ :महा–प्रबन्धक
(ख) प्राविधिक तर्फ
तह–४ :सवारी चालक/सुरक्षा कर्मी
===================================================================================================================================
अनुसूची–२
संस्थाको कर्मचारीको न्यूनतम शैक्षिक योग्यता
(क) तह–६ उप–प्रबन्धक:लेखा अधिकृत/बजार प्रबन्धक
वाणिज्य शास्त्र, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक वा कम्तिमा ५ वर्षसम्म सहकारी संघ/संस्थामा सम्बन्धित काम गरेको ।
(ख) तह–५ सहायक लेखा अधिकृत/सहायक कर्जा अधिकृत/सहायक प्रशासन अधिकृत/बजार परिचालक
वाणिज्य शास्त्र, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक गरी कम्तिमा ३ वर्षसम्म सहकारी संघ÷ संस्थामा सम्बन्धित काम गरेको ।
(ग) तह–४ सहायक लेखापाल/फिल्ड सहायक/सहायक बजार परिचालक
वाणिज्य शास्त्र, अर्थशास्त्र वा व्यवस्थापन विषयमा प्रमाण–पत्र तह उत्तीर्ण गरी सहकारी लेखापाल तालिम प्राप्त
(घ) तह–४ सवारी चालक
सम्बन्धित कामको लाइसेन्स सहित ५ वर्षभन्दा बढी काम गरेको प्रमाणित अनुभव भएको ।
(ङ) तह–४ सुरक्षाकर्मी
कम्तिमा ५ वर्ष नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोर्खा रेजिमेन्टमा रही काम गरेको ।
(च) तह–३ सहायक
एस. एल. सी. उत्तीर्ण गरी सम्बन्धित विषयको तालिम लिई २ वर्ष काम गरेको अनुभव भएको ।
(छ) तह–२ कनिष्ठ सहायक
अष्टम कक्षा उत्तीर्ण गरी सम्बन्धित विषयको तालिम लिई २ वर्ष काम गरेको अनुभव भएको ।
(ज) तह–१ कुचिकार
सम्बन्धित काम गरेको अनुभव भएको ।
अनुसूची–३
कार्य विवरण
समितिले सबै पदहरुको लागि निम्न कुराहरु उल्लेख भएको विवरण तयार गर्नेछ
१) पदको नामः
२) कर्मचारी जवाफदेही हुनुपर्ने व्यक्ति वा पदः
३) पदको मुख्य कार्यः
४) कर्मचारीको काम, कर्तव्य र जिम्मेवारीः
५) कर्मचारीले विशेष परिस्थितिमा गर्नु पर्ने काम
========================================================================================================================================
अनुसूची–४
अन्तवार्ताको लागि आधार
कुनै पदको उम्मेदवारको योग्यता अन्तर्वार्ताद्धारा मूल्याकंन गर्दा निम्न आधार अपनाइने छ ।
१) उम्मेदवारको निवेदनमा उल्लेखित विवरणबारे जानकारी प्राप्त गर्ने,
२) कामको स्वभावसंग मिल्दो प्रश्नहरु सोध्ने,
३) उम्मेदवारको कुरा ध्यानपूर्वक सुन्ने र उसंग कुरा गर्ने,
४) पूर्वाग्रहको भावना नराख्ने,
५) उम्मेदवारप्रति दिलचस्पी देखाउने,
६) निष्पक्ष बन्ने,
७) शैक्षिक योग्यता जाँच्ने,
८) नागरिकताको प्रमाण पत्र जाँच्ने,
९) व्यक्तिगत गुण जाच गर्दा ध्यान दिनु पर्ने कुराः
क) चेहरा
ख) अभिव्यक्ति/बोली
ग) विश्लेषण क्षमता
घ) सतर्कता
ङ) सन्तुलित
च) वाह्य ज्ञान
छ) दृष्टिकोण
अनुसूची–५
कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
कर्मचारी खुल्ला प्रतियोगितात्मक अन्तर्वार्ता फाराम
विज्ञापन मितिः श्रेणीः पद संख्याःपदः अन्तर्वार्ता
उम्मेदवारको संख्याः
क्र.स. |
उम्मेदवारको नाम, थर |
पूर्णाङ्क |
शैक्षिक योग्यता |
सामान्य
ज्ञान |
विषयगत
ज्ञान |
व्यक्तित्व |
कुल प्राप्ताड्ढ |
कैफियत |
|
|
|
|
|
|
|
|
|
सफल उम्मेदवारको छोटो मन्तव्यः अन्तर्वार्ता लिनेको नाम, थरः
दस्तखतः
अनुसूची–६
कर्मचारीको व्यक्तिगत विवरण
१) पूरा नाम, थरः
ठेगानाः (क) स्थायीः
(ख) अस्थायीः
२) जन्मेको मितिः
जन्मेको स्थानः
नागरिकताः
३) बाबुको नामः
पेशाः
बाजेको नामः
४) लिङ्ग.: पुरुष/महिला
५) वैवाहिक स्थितिः विवाहित/अविवाहित
६) हुलिया (विशेष चिन्ह)
७) इच्छाएको व्यक्तिको नाम, थरः नाताः
ठेगानाः
८) शैक्षिक योग्यताः
(आफूले पूरा गरेको विद्यालयको कक्षा, पाएको विभिन्न प्रमाण पत्रहरु, जस्तै एस.एल.सी. वा सो सरह, आई.ए., बी.ए., एम.ए. आदि उल्लेख गर्ने)
क्र.स. |
उपाधि |
अवधि |
श्रेणी |
शिक्षण संस्थाको नाम |
कैफियत |
देखि |
सम्म |
|
|
|
|
|
|
|
९) कामको अनुभवः
क्र.स |
पद र श्रेणी |
नियुक्ति |
अवधि |
सम्बन्धित संघ संस्था |
काम गरेको स्थान |
कैफियत |
सरुवा |
बढुवा |
देखि |
सम्म |
|
|
|
|
|
|
|
|
|
१०) पुरस्कार सम्बन्धी विवरणः
क्र.स
|
पुरस्कार पाएको |
के वापत पाएको |
के पाएको |
कैफियत
|
|
|
|
|
|
११) सजायं विवरणः
क्र.स
|
सजायको मिति |
सजाय दिने अधिकारी |
सजायको विवरण |
कैफियत
|
|
|
|
|
|
माथि लेखिए बमोजिमको विवरण ठीक छ । कुनै कुरा झुठा लेखिएको, जानाजानी साचो दबाउने लुकाउने उद्देश्यले लेखेको ठहरे कानुन बमोजिम सजाय स्वीकार्ने छु भनी सहीछाप गर्ने ।
प्रमाणित गर्ने
======================= =========================
दस्तखत दस्तखत
मुख्य संचालकको नाम, थरः दाँया औठाको सहीछाप
मितिः मितिः
अनुसूची–७
कर्मतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
कर्मचारीको अर्ध वार्षिक÷वार्षिक कार्य सम्पादन मूल्याड्ढन प्रतिवेदन
नाम, थरः
पदः
श्रेणीः
मूल्याकंन अवधिः देखिः सालः महिनाः गतेः
सम्म सालः महिनाः गतेः
विवरण |
सुपरीवेक्षकले गर्ने मूल्यांकन |
पुनरावलोकन कर्ताले गर्ने मूल्यांकन |
पूणाङ्क |
प्राप्तङ्क
|
पूणाङ्क |
पूणाङ्क |
१. सम्पन्न गरेको कामको विवरण
क) समयभन्दा अघि पूरा गरेको १४
ख) समयभित्र पूरा गरेको १०
ग) समयभित्र पूरा गरेको ७
२. सम्पादन कामको स्तर
क) धेरै राम्रो ४
ख) राम्रो ३
ग) सामान्य १
३. काम प्रतिको उत्साह
क) जिम्मेवारी लिन अग्रसर हुने ४
ख) पूर्ण लगनशिलताका साथ पूरा गर्न ३
ग) अरुलाई पन्छाउने १
४. निर्देशन अनुसार काम गर्ने क्षमताः
क) अति राम्रो ४
ख) राम्रो ३
ग) सामान्य १
५. इमान्दारी र नैतिकताः
क) अति राम्रो ४
ख) राम्रो ३
ग) सामान्य १
६. अनुशासन
क) अति राम्रो ४
ख) राम्रो ३
ग) सामान्य १
७. सहयोगी भावना
क) अति राम्रो ४
ख) राम्रो ३
ग) सामान्य १
८.गोपनियता राख्न सक्नेः
क) अति राम्रो ४
ख) राम्रो ३
ग) सामान्य १
९. नेतृत्व लिन सक्नेः
क) अति राम्रो ४
ख) राम्रो ३
ग) सामान्य १
१०. जिम्मेवारी वहनः
क) अति राम्रो ४
ख) राम्रो ३
ग) सामान्य १
कुल प्राप्तड्ढ १०० |
!$
$
$
$
$
$
$
$
$
$
%)
|
|
!$
$
$
$
$
$
$
$
$
$
%)
|
|
दब्यष्ट : कूल प्राप्तङ्कलाई २ ले भाग गरी आएको अड्ढ नै कार्य सम्पादन मूल्याड्ढन वापतको अड्ढ हुनेछ ।
सुपरीवेक्षकको छोटो मन्तव्यः पुनरावलोकनकर्ताको छोटो मन्तव्य
१. सहीः १. सहीः
२. नाम र थरः २. नाम र थरः
३. पदः ३. पदः
४. मितिः ४. मितिः
अनुसूची–८
बढुवा सम्बन्धी आधार
संस्थाका कर्मचारीहरुलाई बढुवा गर्दा देहायका विषयहरुलाई आधार मानिनेछ
१. कार्य सम्पादन मूल्याड्ढन,
२. शैक्षिक योग्यता,
३. जेष्ठता (काम गरेको अनुभव)
४. तालिम
५. सहकारी संस्था सम्बन्धी लेख रचना स्वीकृत भएमा ।
१.१. कार्य सम्पादनको मूल्याड्ढन
कार्य सम्पादन मूल्याड्ढन वापत ५० अड्ढ दिइने छ । सम्भाव्य उम्मेदवार हुन आवश्यक अवधिको कार्य सम्पादन मूल्याड्ढनको औसत अड्ढ गणना गरिनेछ ।
१.२. शैक्षिक योग्यता
तोकिएको पदको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यतालाई आधार मानी निम्नानुसार अधिकतम २० अड्ढ दिइनेछ ।
Go"gtd of]Uotf ePdf ;f]eGbf Pstx dflysf]] of]Uotf ePdf
s_ k|yd >]0fL @) *
v_ bf]>f] >]0fL !% ^
u_ t]>f] >]0fL !) $
>]0fL vf]lnPsf] 5}g eg] l4tLo >]0fL ;/xsf] c° lbOg]5 .
!=#= h]i7tf -sfd u/]sf] cg'ej_
h]i7tf -sfd u/]sf] cg'ej_ df clwstd @) c° lbOg]5 . h]i7tfsf] c° u0fgf ubf{ xfnsf] kbdf sfd u/]sf] cjlwsf] k|To]s jif{sf] # c° / Ps tx d'lg sfd u/]sf] cjlwsf] k|To]s jif{sf] ! c° lbOg]5 .
!=$= tflnd
sDtLdf ! dlxgf ;xsf/L ;DaGwL ;]jfsflng tflnd lng] sd{rf/LnfO{ lgDgfg';f/ clwstd !) c° lbOg]5M
s_ k|yd >]0fL !)
v_ bf]>f] >]0fL *
u_ t]>f] >]0fL ^
>]0fL gv'n]df l4tLo >]0fL;/x c° lbOg]5 .
अनुसूची–९
सार्वजनिक बिदा
१. प्रत्येक शनिबार पुरा
२. नेपाल सरकारले दिएको सार्वजनिक विदाहरु
समाप्त