कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि.
दोस्रो वार्षिक साधारण सभा
आज मिति २०६८ असोज २८ गतेका दिन श्री कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. का.म.पा. ३५, कोटेश्वर काठमाडौँका संचालक समितिका अध्यक्ष श्री डि.बी. थापाको अध्यक्षतामा बसेको संस्थाको दोस्रो वार्षिक साधारण सभाले निम्न प्रस्तावहरुमा छलफल गरी तपसिल अनुसारको निर्णय गरियो ।
प्रस्तावहरु
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको वार्षिक प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत तथा पारित गर्ने ।
२) लेखा समितिद्वारा वार्षिक प्रतिवेदन एवं आ.ब. ०६७/०६८ को आर्थिक कारोबार सहितको लेखा परीक्षकको प्रतिवेदन एवं पारित गर्ने ।
३) आ.ब. ०६८/०६९ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।
४) दोस्रो वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न तीनजना शेयरधनी सदस्यहरुको नियुक्ति गर्ने ।
५) विविध ।
निर्णयहरु
निर्णय नं. १
संस्थाको कुल ८० जना शेयरसदस्यहरु मध्ये ५३ जना सदस्यहरुको उपस्थिति भएकोले अध्यक्षज्यूले आजको सभाको गणपुरक संख्या पुगेको घोषणा गर्दै संचालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाको भावी कार्यक्रम प्रस्तुत गरियो । समितिको तर्फबाट प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमका विषयमा व्यापक छलफल तथा आवश्यक सुझाव सहित संस्थाको वार्षिक प्रतिवेदन तथा भावी कार्यक्रमलाई सभाले स्वीकृति गर्ने निर्णय सर्वसहमीबाट भयो ।
निर्णय नं. २
लेखा समितिद्वारा तयार गरिएको वार्षिक प्रतिवेदन एवं आ.ब. ०६६/०६७को आर्थिक कारोबार सहितको लेखा परीक्षकको प्रतिवेदन लेखा समितिका संयोजक श्री हिमलाल अधिकारीज्यूले सभासामु प्रस्तुत गर्नु भयो । संस्थाको आर्थिक कारोबार सन्तोष जनक रहेको कुरा मनन गर्दै सभाले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन एवं आ.व. ०६७/०६८ को लेखा परिक्षकको प्रतिवेदन पारित गर्ने निर्णय सर्वसहमीले भयो ।
निर्णय नं. ३
आ.व. ०६८/०६९ का लागि लेखा परीक्षकको नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा संस्थाको संचालक समितिलाई अख्तियार प्रदान गर्ने निर्णय भयो ।
निर्णय नं. ४
संस्थाको दोस्रो वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न शेयरधनी सदस्यहरुको तर्फबाट शेयरधनी श्रीमती इन्दु ज्ञवाली र श्रीमती ललिता शाक्य र संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष ज्यूलाई चुन्ने निर्णय भयो ।
निर्णय नं. ५
क) शेयरधनी सदस्यहरुबाट बचत संकलन तथा ऋण लगानी गर्ने सम्पूर्ण अधिकार संस्थाको संचालक समितिलाई दिने निर्णय भयो ।
आजको सभाको विषय वस्तुहरु समाप्त भएकोले सम्पूर्ण अतिथि एवं शेयरधनी महानुभावहरुलाई धन्यवाद दिँदै सभाका अध्यक्षज्यूले कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो वार्षिक साधारण सभा समापन भएको घोषणा गर्नुभयो ।