आदरणीय सदस्य महानुभावहरु,
सहकारी स्थापनाका उद्धेस्यहरु फरक फरक हुन्छन् । पिउने पानीको समस्या भएका ठाउँहरुमा सदस्यहरु मिलेर खानेपानी सहकारी खोल्ने गरेको पाइन्छ । कृषि सामाग्रीहरुको उत्पादन, भण्डार तथा वजार व्यवस्थापनका लागि कृषि सहकारीहरुको स्थापना हुने गरेका छन् । छरिएर रहेको पूँजीलाई बटुलेर आफ्ना सदस्यहरुको आर्थिक समृद्धिका लागि लगानी गर्ने काम बचत तथा ऋण सहकारी संस्थाहरुको हो । यसरी विभिन्न उद्धेस्यले स्थापना हुने सहकारीहरुमध्ये कर्मतारा बचत तथा ऋण सहकारी संस्था लि. पनि एक हो । यस संस्थाको स्थापना २०६६ साल चैत्र ४ गते काठमाडौँ
बचत भनेको फर्सीको वियाँ जस्तै हो । वियाँ भुटेर खाँदा पनि हुने । अचार बनाएर खाए झन् मीठो हुने । रोप्यो भने केही समयपछि फर्सीका मुन्टा, अली पछि सयौँ गट्टा र फेरि रोप्न हजारौँ वियाँ तयार हुने । मुन्टा, गट्टा फेरि हजारौँ वियाँको आधार केवल एउटा वियाँ नै हो । फर्सी रोपेर फर्सी होइन फर्सी फलाउँन बियाँ रोप्नु पर्ने रहेछ । त्यसैले फर्सीको वियाँ रोपे जस्तै दैनिक एक रुपयाँ तर अनिवार्य बचत गर्नु पर्ने व्यवस्था गरिएको छ । बचतले फल दिन नपाउँदै फिर्ता माग्नु बारीको पाटामा रोपेको फर्सीको वियाँ खोतलेर खानु जस्तै हो । वियाँ नै खोतलेर खाइयो भने मुन्टा, गट्टा फेरि हजारौँ वियाँका आधार नै समाप्त हुन्छ भन्ने कुरामा गम्भिर बन्नु पर्दछ भन्ने लाग्दछ ।
आफ्ना सदस्यहरुको विश्वास र भरोसाकै कारण संस्था स्थापनाको छैटौँ वर्ष नपुग्दै करीव २ हजार सदस्यहरुलाई संगठित गर्न हामी सफल भएका छौँ भने सदस्य सुरक्षा कोष परिचालन नीति २०७१ अनुसार संस्थाको संचालक समितिले सदस्यहरुलाई सीप विकास तालिम, डेरामा बस्ने सदस्यहरुलाई घर, दाम्पत्य जीवन भत्ता, सन्तान प्राप्ति सुख भत्ता, विबाहको सुखद् वर्षगाँठ भत्ता, सदस्य वा तिनका संगोलका छोरा वा छोरीलाई छात्र वृत्ति, सरसफाई सामग्री वितरण, शिविर सञ्चालनमा सहयोग, विपद्मा परेका सदस्यहरुलाई राहत वितरण, अनाथ सदस्य पालनपोषण भत्ता, अःसहाय परिवार पालनपोषण भत्ता, विकलाङ्ग सन्तान पालनपोषण भत्ता, जेष्ठ सदस्य भत्ता, दीर्घजीवन कामना भत्ता, अपाङ्ग तथा अशक्त सदस्य भत्ता, एकल महिला सदस्य भत्ता, वेरोजगारी सदस्य भत्ता, घर खर्च भत्ता, पर्व भत्ता, सदस्यहरुको सम्पत्ति बिमा, सदस्यहरुको स्वास्थ्य बिमा, व्यवसायिक कृषि बिमा, कृषि यन्त्र विमा, व्यवसायिक कृषि कर्म सम्मान, शैक्षिक सम्मान, विशिष्ट–सम्मान, अवलोकन भ्रमण, बाल सदस्यलाई जन्म दिनको उपहार, अन्त्येष्टि खर्च, विशिष्ट कर्मतारा सदस्य सम्मान, विशिष्ट कर्मतारा पूर्व संचालक सम्मान, कर्मतारा विशिष्ट कर्मचारी सम्मान, कर्मतारा राष्ट्रिय व्यक्तित्व सम्मान, पौरखी राष्ट्रिय व्यवसायी तथा सौर्य व्यक्तित्व सम्मान र संरक्षक सम्मान आदिको व्यवस्था गर्न सक्नुलाई ठूलो उपलव्धि मानिएको छ ।
धन्यवाद ।